Loading... आजः ७ बैशाख २०८१, शुक्रबार

‘पहिलो भेटमै’ दंग सरिता

काठमाडौं । शम्भुजित बाँस्कोटाको संगीत, डब्बु क्षत्रीको शब्द र सरिता भारतीको स्वरमा नयाँ गीतिसंग्रह ‘पहिलो भेटमै’ श्रोता–दर्शकमाझ आएको छ।

संग्रहमा ‘बजाइदेऊ बाजा’ र ‘पहिलो भेटमै’ बोलका गीत समावेश छन्।

‘बजाइदेऊ बाजा’ लोकपप शैलीको गीत हो। यो गीत नृत्यप्रधान बनेको छ। गीतको भिडियो केही सातापछि रिलिज गर्ने तयारी छ। ‘पहिलो भेटमै’लाई जुगल डंगोलले संगीत गरेका हुन्। दुवै गीतको संगीत संयोजन तथा रेकर्डिङ जुगल डंगोलकै हो। यो लोक शैलीको गजल गायिका भारतीले लेखेकी हुन्। यो गीतिसंग्रहलाई आर्टोम्युज रेकर्डिङ स्टुडियोले बजारमा ल्याएको हो।

सरिता राम्री गायिका भएको र उनको यो गीतलाई दर्शकले मन पराउने बताउँदै संगीतकार बाँस्कोटाले शुभकामना पनि दिए। यसअघि ‘मेरो जवानी’, ‘लुडो र तास’, ‘कोरोनाले देशै रोयो’, ‘रातो सारी लरक्कै’जस्ता सिंगल ट्र्याक एल्बम निकालेकी सरिताले अग्रज संगीतकार बाँस्कोटासँग काम गर्न पाउँदा सिक्ने अवसर पाएको बताइन्। यसै साता गायक हेम श्रेष्ठसँग आफ्नो दसैं गीत र असोजको तेस्रो साता गायक हिमालय राजसँग देउडा गीत आउने पनि उनले जानकारी गराइन्।

यसैबीच ‘पहिलो भेटमा’गीतको भिडियो पनि रिलिज गरिएको छ। यसमा अभिनेता दिक्पाल कार्कीसँग गायिका भारतीले मोडलिङ गरेकी छन्। रामशरण उप्रेतीले खिचेको यो भिडियो मित्र डी गुरुङले सम्पादन गरेका हुन्।