Loading... आजः ७ बैशाख २०८१, शुक्रबार

घरेलु मधिरा नष्ट

असाेज-१३ कालिकोट जिल्ला खाडाचक्र नगरपालिका वडा नं ५ मोल्फामा घरेलु मधिरा नष्ट गरिएको छ ।

दशै तिहार लाई लक्षित गरेर धरेलु मधिरा धमाधम नष्ट गरिदै आएको छ । मोल्फा वजारमा रहेको अस्थाई सामुदायिक प्रहरि विटका प्रहरि हवलदार अमर थापाको नेतृत्वमा महिला स्वय सेविका,युवा क्लव ,वाल क्लव,वजार व्यवस्थापन टोलि,शिक्षक ,वुद्धिजिवि लगाएतको टोलिले घरेलु मधिरा र मधिरा वनाउन तयार पारिएको कच्चा पदार्थ आज नष्ट गरिएको हो ।

 

मोल्फा वजार क्षेत्र भित्र ८५ लिटर तयार पारिएको मधिरा र १५० लिटर वनाउन तयार पारिएको कचचा पदार्थ वरामद वरामद गरि नष्ट गरिएको चुलिमालिका मावि का शिक्षक दिनेश शाहिले जानकारि दिनु भएको छ ।