Loading... आजः ७ बैशाख २०८१, शुक्रबार

दलाल, पुजीवादी व्यवस्थाको अन्त्य हुनुपर्छ

कालिकोट    नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीर बहादुर बिष्टले अबको पार्टीको रणनीतिक योजना सामान्तवाद, दलाल, पुजीवादी व्यवस्थाको अन्त्य गर्दै समाजबाद निर्माणको गन्तव्य रहेको बताउनुभयो । गाउँ गाउँमा पार्टीका नेता कार्यकर्ताहरु भेटघाट गर्न पार्टीको घरदैलो अभियानमा एक औपचारिक कार्यक्रममा यस्तो बताउनु भएको हो ।

 

अबको सुन्दर समृद्ध समाज निर्माणका लागि हरेक सचेत नागरिकले सोच्नै पर्ने बेला आएको र पार्टी केन्द्र देखि स्थानीय तहसम्म एकताको सन्देश फैलाउदैै पार्टी सुदृढ हुँदै गएको समेत बताउनु भयो ।

 

नेपाली जनताको आकांक्षा अनुरुप नै दुई ठुला पार्टी एकता भएको बताउदै अबको यात्रा समाजको समृद्धि र समाजबादतिर बढि केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
नरहरीनाथका हरेक नागरीकको दुःख सुखको सामना र्गन अफु सदौभ तलिन रहने बताउनु भयो।