Loading... आजः १३ बैशाख २०८१, बिहीबार

कृष्ण रेउलेकाे सालैज्यू सार्बजानिक

कालिकोट     गीत संगितको बजारमा गीतहरु आउने क्रम जारी नै छ त्यसै क्रममा कृष्ण रेउलेको सालैजो गीतको म्यजिक भिडियो रेउलेको आफ्नै युट्यब च्यानल मार्फत सार्बजनिक भएको छ । यस गीतमा कृष्ण रेउले र सीता थापाको स्वर रहेको छ भने लय कृष्ण रेउलेको नै रहेको छ ।
गीतमा शब्द सागर मल्लको रहेको छ । मारुनी डिजिटल रेकडिङ्ग स्टुडियोमा रेकडिङ्ग तथा मिक्सिङ्ग गरिएको उक्त गीतमा संगित संयोजन सुदिप सागरको,रेकडिङ्ग सुमन रानाको रहेको छ भने अडियो मिक्सिङ्ग कुमार रानाले गरेका छन् । पछिल्लो समय बाँके र बर्दियाका बिभिन्न स्थानमा म्युजिक भिडियोहरु धमाधम छायाकंन भइरहेका छन् । यस गीतको छायाकंन बर्दियाको सुखाड मर्गगाउँमा भएको हो ।
नवराज सबेदीको निर्देशन रहेको गीतमा बादल स्याङ्बो तामाङ्ग,सपना ज्ञवाली,अकिंत क्षेत्री,जमुना डाङ्गी,ललित थापा,सीता रानाको अभिनय रहेको छ ।साथै क्यामरामा सीया चौधरी र कलर तथा सम्पादनमा आर के सीका रामु चौधरीले गरेका छन् ।
भिडियो र गीत नेपाली मौलिकता झल्काउने खालको भएकोले दर्शकहरुले मन पराईदिनुहुनेछ भन्ने कुरामा आफु बिस्वस्थ रहेको म्युजिक भिडियोका निर्देशक नवराज सुबेदीले जानकारी दिए ।
https://www.youtube.com/watch?v=NpiTc8aIyDI