Loading... आजः ६ असार २०७८, आईतवार

कालिकोटमा बिप्लवद्धारा समानान्तर सत्ता घोषणा

कालिकोट । जिल्लाका ९ वटै स्थानिय तहमा नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाल कम्यूनिष्ट पाटीले समानान्तर सत्ता (जनसरकार) घोषणा गरेको छ । जिल्लाका तीन वटा नगरपालिका र ६ वटा गाँउपालिकामा स्थानिय सरकारको काम गर्ने जनसरकार घोषणा गरेको हो ।
नेकपा कालिकोटका सेक्रेटरी मनीलाल ऐडी रणदीपले सरकारले स्थानिय निर्वाचन गरी गठन गरेको स्थानिय सरकारको विकल्पमा आफ्नो पाटीले पनि समानान्तर सत्ता जनसरकार गठन गरेको जानकारी दिए । उनका अनुसार जिल्लाको नरहरीनाथ गाँउपालिकामा मनबहादुर बिष्ट, सान्नीत्रिवेणी गाँउपालिकामा राजन भण्डारी, रास्कोट नगरपालिकामा प्रकाश सुनार, पचालझरना गाँउपालिकामा चम्फसिंह बस्नेत, पलाँता गाँउपालिकामा अनरुप बिक, खाँडाचक्र नगरपालिकामा अबिरल तिरुवा, शुभकालिका गाँउपालिकामा धर्म बिक र महाँवै गाँउपालिकामा धनबहादुर सिंहलाई जनसरकार प्रमूखको जिम्मेबारी दिएको छ । जिल्लाको तिलागुफा नगरपालिकालाई आधा खाँडाचक्र र आधा महावै गाँउपालिकासँग जोडिएको छ । बिप्लवले जिल्ला समन्वय समितिको पनि समानान्तर निकायका रुपमा जिल्ला नजसरकार गठन गरेको छ । जसमा अर्जुन बिकलाई जिम्मेबारी दिईएको छ ।
जिल्ला सेक्रेटरी ऐडीले भने, हामीले स्थानिय सरकारको समानान्तर सत्ता जनसरकार गठन गरी हरेक स्थानिय तहले आफ्नो कुल बजेटको २ प्रतिशत जनसरकारलाई कर तिर्नुपर्ने, स्थानिय सरकारले विकासमा खर्च गर्ने बजेटको ५० प्रतिशत बजेट जनसरकारलाई दिएर कार्यन्वयन गर्नुपर्ने निर्णय पनि गरेका छौँ । स्थानिय तहका जनप्रतिनिधिहरुले पाटीको जनसरकारले मागे अनुसार कर तिरे र बजेटमा भाग दिए भने गाँउमा बस्न पाउछन् । नत्र उनीहरु गाँउबाट लखेटिन्छन् । उनका अनुसार जिल्ला अदालतको समानान्तर अदालत जिल्ला नज अदालत पनि गठन गरिएको छ । जसको न्यायधिश कमल बटालालाई जिम्मेबारी दिईएको छ । स्थानिय सरकारदेखी प्रदेश तथा संघिय सरकारका योजनाहरुमा अनियमितता भए, गाँउमा जनताहरुलाई अन्याय भए जनअदालतमा उजुरी दिन पाईनेछ । उजुरी उपर बयान दिन विप्लवको अदालतमा उपस्थित नहुने जनप्रतिनिधि तथा कर्मचारीलाई पहिले युवा संगठन खटाउने त्यसले नसकेपछि जनमुक्ति सेनाले गिरफ्तचतार गरी जनअदालतमा हाजिर गराउने र दाषी भए जनकारबाही गरिने छ ।
बिप्लवले जिल्ला स्तरमा ११ सदस्य जिल्ला स्तरको सुरक्षा बिभाग गठन गरेको छ । जस अन्तरगत जिल्लामा रहेका वटा एरिया कमाण्डमा प्रत्यक एरियामा एक प्लाटन जनमुक्ति सेना पनि तयार पारेको छ । एक प्लाटनमा २५ देखी ३५ जनासम्म जनमुक्ति सेना भर्ति गरिएको छ । आगामी फागुन १ गते जनयुद्ध दिवसका दिन जनमुक्ति सेनाकोे बटालियन घोषणा गर्ने तयारी रहेको छ । नकपाका जिल्ला इन्चार्ज कर्णबहादुर भण्डारी बिराडले गाँउमा स्थानिय सरकारले गरेका भ्रष्टाचारहरुको बिरुद्धमा नागरिकहरुलाई जनसरकार र जनअदालतमा उजुरी दिन अपिल गरिएको बताए । उनले जनताका जनजिविकाका सवालहरुलाई सम्बोधन गर्न र भ्रष्टाचार, सामाजिक बिकृतिहरुलाई रोक्न पाटीले जनसरकार र जनअदालतको पनि व्यवस्था गरेको बताए ।


error: Content is protected !!