Loading... आजः ७ बैशाख २०८१, शुक्रबार

दैलेखका कार्की अनेरास्वबियुका केन्द्रीय सदस्य

दैलेखका संघर्षशिल युवा सुरेन्द्रवहादुर कार्की अनेरास्ववियुको केन्द्रीय सदस्य वन्नु भएको छ । लामो समय एमाले पार्टीमा आवद्ध कार्की बिभिन्न संगठनमा सहभागी हुदै नेकपामा सक्रिय हुनु भएको थियो ।

 

पछिल्लो समय दैलेखको बिद्यार्थी आन्दोलनमा महत्वपुर्ण भुमिका खेलेको भन्दै केन्द्रीय सदस्यमा मनोनयन हुनु भएको छ । केन्द्रीय अध्यक्ष ऐनवहादुर महरले सुरेन्द्रवहादुर कार्कीलाई दैलेखको शैक्षिक प्रर्णाली सुधारका लागि केन्द्रीय सदस्यमा मनोनित गरेको वताउनुभयो ।

 

बिभिन्न संगठनका साथै पार्टी गाउँ कमिटिको समेत नेतृत्व गर्नु भएका कार्कीको संगठन निमार्ण क्षमता राम्रो रहेको उहाँका सुभचिन्तकहरुले समेत वताएका छन । राम्रो वक्ता, पार्टी र संगठनका लागि लगनशिल नेता सरेन्द्रवहादुर कार्कीलाई अनेरास्ववियुले मुल्यांकन गरेको समकक्षीहरुले पनि प्रतिक्रिया दिएका छन ।