Loading... आजः ८ बैशाख २०८१, शनिबार

कालिकोटमा साहित्यक प्रतिष्ठानकाे उद्घाटन

 ललित बिष्ट कालिकोट – जिल्लामा साहित्यक प्रतिष्ठानकाे उद्घाटन गरीएकाे छ।”कला संस्कृतीकाे उत्थान साहित्यबाट गराै कर्णालीकाे पहिचान” भन्नेमुल नाराका साथ कार्यक्रम सम्पन्न भएकाे हाे।

 

 

साहित्यक प्रतिष्ठान कालिकोटका अध्यक्ष रमेश बुढाकाे अध्यक्षता डेउडा संम्राट नेत्रराज शाहीकाे प्रमुख आथित्यता दमनराज बम र रा.प्र.पाका अध्यक्ष धनबहादुर बटालाकाे विशेष अथित्यता कार्यक्रम सम्पन्न हाे।

 

 

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि डेउडा संम्राट नेत्रराज शाहीले साहित्य क्षेत्रले समाजका हरेक दु:ख पिडा, खुसी र राजनितिग, परिवर्तनकालागि साहित्यले कलम चलाउन सहयोग गरेको बताउनु भयाे। साहित्यमा आ-आफ्नाे भावना बगेको हुदा हरेक फरक कुराकाे थालनि गर्दा साहित्य आवस्क रहेकोमा जाेड दिनु भयाे।

 

 

विशेष अतिथि दमनराज बमले शाहित्यले देशमा परिवर्तन संम्भव भएकाे हुदा सबैले मिलेर जान अनुरोध गर्नुभयो ।

 

 

राष्ट्रिय प्रजातन्त्रक पाटीका जिल्ला अध्यक्ष नेता धनबहादु बटलाले कालिकोट जिल्लामा पहिलाे पटक साहित्य प्रतिष्ठान गठन गरीएकाे हुदा यस्लाई राजनितीकरण नगरी सबैले यस्मा सहयोग गर्न अनुरोध गर्नु भयाे।

 

 

कार्यक्रममा स्वास्थ्य सेवा कार्यलयका कालिकोटका ब्यावस्थापक कटक बहादुर महत जिल्ला खेलकुद कार्य समितिका प्रेमसिंह तिरुवा साहित्यकार,पत्रकार लगाएतकाे सहभागीता रहेकाे भावना पाण्डेले जानकारी दिनुभयो ।