Loading... आजः ६ असार २०७८, आईतवार

गाउँमा गाडी पुगे जनतालाई बिकासको महसुस गराएका छौ ः अध्यक्ष धिरवहादर बिष्ट

कालिकोट / कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिका साविकका पाँच गाविस मिलेर बनेको छ । नौ,वटा वडा रहेको नरहरीनाथको नामाकरण योगी नरहरीनाथको नामवाट भएकोे हो । २०७४ सालमा भएको स्थानीय चहका निर्वाचनमा तत्कालिन एमाले पार्टी वाट धिरवहादुर बिष्ट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।

 

अध्यक्ष बिष्टले गाउँपालिकाले खानेपानी, सडक, शिक्षा बिद्युत र कृषिलाई पहिलो प्राथमिक्तामा राखेर काम गरिरहेको वताउनुभयो । उहाँले राम्रो काम गरेको देख्न नसक्ने केही समुहले विवादमा ल्याउन खोजेपनि आफुले गाउँपालिकालाई बिकासमा जोड दिदै अगाडी वढाएको प्रतिक्रिया दिनुभयो । आफुले घोषणा पत्रलाई साक्षि राखेर काम गरिरहेकोे कुराकानीमा वताउनु भएको छ ।

               प्रस्तुः गाउँपालिका अध्यक्ष बिष्टसंग गरेको कुराकानी ।

१, स्थानीय तह गठन भएको तेस्रो बर्ष भयो, यो अवधिमा के के काम गर्नुभयो ? उपलव्धीहरु के के भए? के हुन सके सकेका छैन ?

तीन वर्षको अवधीमा हामीले धेरै काम गरेका छौ । ति मध्य एक घर एक धारा, गाउपालिकाका बिभिन्न वस्तीमा सडक पुगाएर गाडी गुडाएका छौ । स्वास्थ्यमा उल्लेख्य उपलबधी गरेका छौ । १५ शैयाको अस्पतालको डिपिआर भएर ठेक्का हुदैछ । खडेरीको मारमा पर्ने कृषकका लागि सबै खेतियोग्य जमिनमा सिचाई कुलो ल्याउने क्रममा जारी छै । गाउँपालिका अव आफ्नै भवनमा वस्ने तयारी छ । निमाणए हुदैछ ।

 

शिक्षामा सबै भन्दा वढी उपलब्धी गरेका छौ । पाइक भन्दा अन्य रहेका शिक्षकलाई पाइक पर्ने ठाउँमा राखेर बिना संकोच काम गर्ने वातावरण दिएका छौ । बिद्यालयमा सहभागी नहुने तर तलव मात्र वुझ्न आउने शिक्षकलाई सुधार गरेका छौ । समय देखि पायक पर्ने तहगत शिक्षक नहुदा बिद्यार्थीलाई समस्या थियो तहगत शिक्षकको ब्यवस्थापन गरेका छौ । अलि कति लम्वीएको भनेको । बिद्युतको काम हो । भौगोलिक कठीनाईका कारणले बिदुत योजनामा चुनौती आयो । लागी रहेका छौ । भुगोल गारो छ तर पनि सफल हुन्छौ भन्ने छ ।

२. अहिलेसम्मको काम गराईबाट के कति सन्तुष्ट हुनुहुन्छ ?अर्को चुनावमा यही काम गराइबाट जान सकिन्छ ?

म आफ्नो तर्फवाट सन्तुस्ट छु । यसमा म मात्र सन्तुस्ट भएर भएन । यसका लागि मासिक समिक्षा पनि गर्ने र सबै जनप्रतिनिधिको धारणा लिने हामी वाट जनताले के आसा गरेका छन । सन्तुस्ट छन की छैनन भनेर पनि जानकारी लिने गरेका छौ । हामीले घोषणा पत्रवाट वाहिर नगएर काम गरेकाले जनता पनि सन्तुस्ट छन । आगामी चुनावमा कुनै समस्या छैन । यही रप्तारमा लाग्यौ भने हामी अर्को चुनावमा पनि सफल हुन्छौ ।

३. यो तीन बर्षमा कति बजेट खर्च भयो ? बजेट खर्च अनुसारको उपलव्धी हासिल भयो कि नाइ ?

वजेट खर्चको कुरा गर्दा हामीले बिकासका लागि खर्च गर्न पाउने वजेट सुरुमा थोरै थियो । पछि वड्दै गयो तीन वर्षको अवधीमा सबै ठाँको वजेट गरेर दुई अर्व वजेट खर्च भएको छ । कृषिमा आधुनिकरण गरेका छौ । तरकारी नपाने मान्छेले तरकारी खान पाका छन । मौसम अनुसारको खेती भईरहेको छ । गाउँमा गाडी पुगेका छन । खुलालुमा अलपत्र रहेको पुललाई छिटो वनाउन दवाफ दिएर पुल अव आगामी असारमा वन्ने प्रशासनका अगाडी निमार्ण कम्पनीले प्रतिवद्धता जनाएको छ । सुनथराली यएरर्पोटको काम कालोपत्रे हुदैछ । यस्ता धेरै उपलब्धी भएका छन ।

४. यो तीन बर्षमा के कस्ता चुनौतीहरु भोग्नु भयो ?

चुनौतीका कुरा गर्दा पहिलो चुनौती त सरकार बिहिन्ताका वेला सबै दलका पात्र मिलेर भागवण्डा गर्ने चलन जुन थियो, त्यसलाई तोड्न नै लाग्यो । साथै सरकारले प्रतिवन्द लगाएको बिप्लव समुहले गाउँपालिकामा आगजनी गर्यो त्यसले केही जनतामा त्रास भयो । काममा वाधा पुगाएर आफुले बिकास गर्ने वजेट चाहियो भने सबै कुरा वार्तावाट समाधान गरेर अगाडी वढ्यौ । सबै भन्दा चुनौती भनेको भौगोलिक बिकट्ताले गर्दा समयमा बिकासका काम सम्पनन भएनन । त्यसले जनतामा अलि हामी संकाको घेरामा पर्यो । तर जव गाउँमा सडक पुगे सबै सेवा सहज वनायो अनि त्यो चुनौतीको सामना गरेको महसुस भयो ।

५. स्थानीय तह र प्रदेश तथा संघवीच काम गराइमा के कस्तो समन्वय रह्यो ?

समन्वय राम्रै भएको छ । सबै ठाउँवाट वजेट आउने गरेको छ । रोजगारको वजेट पनि सात करोड आयो । सात करोड वरावर तर पहिलेका वर्षमा प्रदेशले अलि तालमेलमा तलमाथी गर्यो । अहिले पनि वजेट जिल्लाका कार्यालयमा पठाउने र त्यहाँवाट योजनामा जादा केही समस्या भएको छ । तर सुधार गछौ । संघ सरकारसंग काम गर्न सारै सहज छ । प्रदेश पनि लाइनमा आउदैछ ।

६. कोरोना रोकथाममा गाउँपालिका के कस्तो कामहरु भए ?

कोरोना ब्यवस्थापन अलि आलोचना भयो । मिलाउन खोज्दा पनि धेरै मान्छे एकै पटक आउदा समस्या भयो । तर पनि १५ सयको हाराहारीमा आका नागरिकको ब्यवस्थापन बिभिन्न ठाउँमा राखेर गरेका थियौ । पहिलो स्कुलमा राख्यौ । पछि सार्वजनिक ठाउँमा क्यारेन्टाईन वनाएर राख्यौ । आइसेलुसेन कक्ष आफै वनायौ । अझै भएनर सदरमुकाममा रहेका केही होटललाई भाडामा लिएर भएपनि राखो थियौ । गाँमा सुचना दिने काम भयो दुई करोड भन्दा वढी ब्यवस्थापनमा खर्च भएको थियो ।

७. अवको दुई बर्षभित्रमा के,के काम हुनेछन् ?

अवको दुई वर्षमा अधुरा खानेपानी पुरा हुनेछन । सडक पुरा गर्ने छौ । बिद्युत सबैको घरमा पुगाउने योजना छन । शिक्षामा केही थप बिकास गर्ने छौ । वालआश्रम र बृद्धआश्रम वनाउने तयारी छ केही वनिरहेका छन । वालवालिकालाई आश्राममा खाना वस्ने र पढाउने ब्यवस्था गर्ने छौ । एयरपोटलाई सञ्चालनमा ल्याउने छौ ।

८. तिन बर्षमा जनताले स्थानीय सरकारबाट आशा गरेको अनुभूति गरे कि गरेनन् ?

र्हेनुहोस जनताले आसा गरेका छन । लामो समय सम्म सडक देखेका थिएनन । घरमा गाडी पुग्यो महससु गरे । पिउने पानीका लागि घन्टौ लाईनमा वस्नु पर्ने पालो कुर्नु पर्ने अवस्थाको अन्ते भयो । त्यो पनि अनुभुती नै हो । औषधी पुग्दैन थियो । अहिले औषधी पुग्यो । तरकारी पाउदैन्न थिए । खाली भैसि पाल्ने भैसीको मोहीसंग खाना खाने चलन थियो । तर सबैका घरमा तरकारी उत्पादन हुन थालेको छ । सबैले तरकारी खान पाउछन । परम्परागत वार्खा पालनको अन्ते गरेर वयर वोकाको बिकास गरेर पशुपालनमा पनि नागरिकलाई राम्रो अनुभुति गराएका छौ ।

९, अन्तमा तपाई योजना वाडफाड देखि अन्य कुरामा पनि बिवादमा आउनु भयो कारण के थियो ?

ककुरको जस्तो वाटो कुरेर वसेका बिरोधीले गर्दा आरोप लगाईएको हो । मैले योजनामा पनि केही अन्यया गरिन जनतालाई नियम अनुसारको काम दिईएको हो । अर्को कुरा षडेयन्त्र पुर्वक स्वास्थ्य चौकीमा हाम्रा बिरोधीले एक जना सुत्केरीलाई पछ्उरीमा हालेर फोटा खिचेर भाईरल वनाए पछि त्यो कुरा खुल्यो । तिनिहरु जस्तो मैले गर्ने हो भने त उनिहरु अहिले काराघारमा हुने थिए । तर गरिन हामी राम्रो गर्ने हो । नदेख्नेले नदेखुन भनेर काम गरिरहेका छौ ।


error: Content is protected !!