Loading... आजः ६ बैशाख २०८१, बिहीबार

शुभकालिकामा २० बेडकोअक्सिजनसहितको आइसोलेसन वार्ड तयार

ललित बिष्ट कालीकोटः जिल्लाको शुभकालिका गाउँपालिकाले २०बेडको अक्सिजनसहितकोआइसोलेशन वार्ड तयार गरेको छ ।शुभकालिका गाउँपालिको आर्थिक सहयोगमा स्वास्थ्य चैकी सुकाटियामा कोरोना संक्रमितहरूका लागि छुट्टै २० बेडको अक्सिजनसहितको आइसोलेशन वार्ड तयार गरीएको हो।

 

कोरोना संक्रमित भएर अक्सिजन दिनुपर्नेहरूका लागि २० बेडकोअक्सिजन सहितको तयारी गरेको गाउँ पालिका अध्यक्ष खडानन्द चौलागाईले जानकारी दिनुभयो।दिन प्रतिदिन कोरोना संक्रमण बढ्दै  र अक्सिजन अभाव हुदै गएको बेला शुभकालिकामा अक्सिजन सहितको आइसोलेशन वार्ड पुर्णरुपमा तयारी अवस्थामा राखेको गाउँपालिकाले जनाएको छ।

 

हाल सम्म शुभकालिका गाउँपालिकामा कोरोना भाईसर कोभिड(१९ संक्रमणका कारण १जनाको मुत्यु भएको छ।