Loading... आजः ८ बैशाख २०८१, शनिबार

कालीकोटका १ जना कोरोना संक्रमितको जुम्लामा मुत्यु

कालिकोटः  कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा एकजना कोरोना संक्रमीतको मुत्यु भएको छ।कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिकावडानं.९घर भई हाल खाडाचक्र नगरपालिका १ मान्म  बस्दै आउनु भएका ३८बर्षका जगत शाहीको उपचारकोक्रममा मृत्यु भएको हो।

 

 

गएको बैशाख २६ गते कोरोना पुष्टि भइ ३१ गते जुम्ला रीफर गरीएको र उपचारको लागि १० दिन सम्म कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा रहनुभएका शाहीको आज बिहान ५ बजे मुत्यु भएको श्रीमती जेनिसा बम शाहीले जानकारी दिनुभयो। शाहीको आज नै जुम्लामा अन्टेष्टी गरीने बताइएको छ। काेराेनाका कारण जिल्लामा मुत्यु हुनेको संख्या ४ पुगेको छ।