Loading... आजः ६ असार २०७८, आईतवार

राष्ट्रपतिको कदमको घोर भत्सर्ना गदै काँग्रेस कालिकोटको विज्ञप्ति

कालीकोटः राष्ट्रपति विद्यादेवि भन्डारी प्रधामन्त्रि केपि शर्मा ओलिको गैर असंवैधानिक कदमको घोर भत्सर्ना गर्दै नेपाली काँग्रेस कालिकोटले विज्ञप्ति निकालेको छ ।

 

२०७८ जेठ ७ गते सरकारले गैर सम्वैधानिक र अलोकतान्त्रिक गतिविधिका माध्यमवाट लोकतान्त्रिक मृल्य,मान्यता विपरित विधि र संसदिय पद्धतिको मर्यादा नाघ्दै मध्यरातमा प्रतिनिधि सभा विधटन गरेको नेपाली काँग्रेस कालिकोटले विज्ञप्ति निकालेको हो ।

 

नेपाली काँग्रेस जिल्ला कार्यसमिति कालिकोटका कार्यलय सचिव हरिष वोगटीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ यो सरकार गठन पछि निरन्तररुपले गैर संवैधानिक र अलोकतान्त्रिक गतिविधि उडाउने काम भएको छ ।

 

 

राष्ट्रपतिर र प्रधानमन्त्रिले नेपाली जनताको आस्थाको केन्दै सविधान जस्तो सार्वजनिक दस्तावेजलाई निजि सम्पतिकारुपमा आफु अनुकुल प्रयोग गरीरहेका छन । प्रधानमन्त्रि नियुक्तिको आवाह्रान गर्ने संविधान बमोजिम नियुक्ति गर्नुपर्ने नगरी केपि शर्मा ओलिलाई प्रधानमन्त्रि नियुक्त भएको १ घण्टामा सवै जनता सुतेको वेला मध्यराति प्रतिनिध सभाको हत्या गरेको घटनाबाट प्रमाणित भई नेपालको संविधान समाप्त भएको छ ।

 

नेपाली काँग्रेस यिसवै कार्यको घोर भत्सर्ना र निन्दा गर्दछ । साथै संघिय लोकतान्त्रिक गढातन्त्र र नेपालको संविधानको रक्षा लागि सवै लोकतान्त्रि वादि लाई एक हुन आग्रह गरीएको छ । यसै विच नेपाली काँग्रेस प्रदेश सभा ख ले राष्ट्रपति र प्रधानमन्त्रिको यो कार्यको घोर भत्सना गर्दै विज्ञप्ति निकालेको छ ।

 

 

नेपाली काँग्रेस प्रदेश सभा ख का क्षेत्रिय सभापति दमन वहादुर शाहीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ देश अहिले कोरोको माहामारी मृत्यु संग लडिरहेका वेला राष्ट्रपति र प्रधानमन्त्रिले गरेको यो कदम निकै लज्जासपद भएको भनिएको छ । साथै विश्वभर फैलिएको माहामारीको रुपमा कोरोना ख्याल गर्दै आफु बच्न र अरुलाई बचाउनका लागि विभिन्न उपायहरु अपनाउन नेपाली काँग्रेस प्रदेश सभा  कार्यसमिति ख कालिकोट अनुरोध समेत गर्दछ ।


error: Content is protected !!