Loading... आजः ७ बैशाख २०८१, शुक्रबार

जिल्ला अस्पताल कालीकोटलाई स्वास्थ्य सामग्री सहयोग

कालीकोट, बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था सेभ द चिल्ड्रेन र किडार्क नेपालको साझेदारीमा जिल्ला अस्पताल कालिकोट लाई ९ लाख ९६ हजार ७ साय ७१ रुपैया ७५ पैसा बराबरको स्वास्थ्य सामग्री सहयोग गरीएको छ ।

 

बुधबार जिल्ला अस्पताल कालिकोटका कार्यलय प्रमुख कटक बहादुर महतलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरीएको हो ।

 

हस्पिटल बेड १० वटा,डेडबेवि झोला -१० पिस,एन्टिजेन कीट-५०० पिस पोम्म २ सेट,सर्जिकल मास्क-५०० पिस,अक्सिमिटर -१० पिस,स्पेर्य२लिटर १२ पिस,सर्जिकल,गोलोप्स-५००,पिस,लुचगोलोप्स-२५ पिसअक्सिजन कन्सर्ट -२ सेट,भ्यान सेनिटाइजर-६० पिसलगाएतका स्वास्थ्य सामग्रिहरु सेभ द चिल्ड्रेन परियोजना संयोजक बाले विश्वकर्मा र किडार्क नेपाल कालीकोटका जिल्ला संयोजक तुलाराम पाण्डे, हस्तान्तरण गरेका हुन् ।

 

सामग्री बुझ्दै प्रमुख मतहले भने संकटको बेला सबैको सहयोगको खाँचो भएको हुदा‘संकट भएको बेला यो भन्दा अगाडी पनि विभिन्न सहयोगी संस्थाहरुले सहयोग गर्दै आइरहेको र यो भन्दा पछि पनि सहयोगको खाचो रहेको छ।

 

 

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालिकोटका अध्यक्ष भरतराज बिष्ट,सचिव खडानन्द अधिकारी,रेडियो चंखेले एफ.एमका कार्यक्रम संयोजक हस्त चौलागाईं , पत्रकार तुलराज पाण्डे लगाएको सहभागीता रहेको थियो।

 

 

संस्थाले कालिकोटका स्थानीय हत लाई तिलागुफा नगरपालिकालाई २ लाख ९४ हजार ३ समय ६५ रुपैया बराबरको स्वास्थ्य सामग्री र खाँडाचक्र नगरपालिकालाई ६६ हजार बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् यस्तै,शुभकालिका गाउँपालिकालाई ४ लाख ६२ हजार ८१ रुपैया बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको किडार्क नेपाल कालीकोटले जनाएको छ।