Loading... आजः ६ असार २०७८, आईतवार

पचालझरनामा विकृति बिरुद्ध कार्यक्रमहरु संचालन

कालीकोट,जिल्लाको पचालझरना गाउँपालीकामा किशोर,किशोरी ,एकल महिला ,र जेष्ठ नागरिकहरु संग उपाध्यक्ष कार्याक्रम संचालन भएको छ। पचालझरना गाउँपालीका वडा नः १ सिकुबाट सुरु भएको कार्यक्रम आज वडानं. २ मा  भएको हो।

 

पचालझरना गाँउपालीका वडानं. २का अध्यक्ष करबिरे बि.कको अध्यक्षता ,गाँउपालीका उपाध्यक्ष तारा न्यौपानेको प्रमुख आथित्यता तथा गाँउपालीका स्थित सम्मुर्ण सरोकारवालाहरुको उपस्थितीमा कार्यक्रम संचालन गरिएको थियो ।

 

वडानं. २ का अध्यक्ष करबिरे बि.कले गाउँपालीकालाई नै हिंशामुक्त बनाउन समाजका बिभिन्न बिकृति, बिशंगति न्युनिकरण गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

 

उक्त कार्यक्रममा उपाध्यक्ष तारा न्यौपानेले महिला सशक्तिकरणमा, महिलाको सहभागितामा ,बिकास र न्यायमा पहुँचको लागि बुझ बिस्तारका साथै सभ्य समाज निर्माण गने बताउनुभयो ।

 

कार्यक्रमको सहजिकरण लागुऔषत तथा महिला हिंशा बिरुद्धका अभियान्ता पत्रकार बिष्णु न्यौपाने र अनमि सुनपुरा सेजुवालले गरेका थिए ।


error: Content is protected !!