Loading... आजः ६ असार २०७८, आईतवार

सरस्वति मा.विमा दुई कोठे भवनको शिलान्यास

कालीकोट,पचालझरना गाउँपालिका वडानं. १ सिकुको सरस्वति माध्यामिक बिद्यालयमा २ कोठे भवनको शिलन्यास गरीएको छ।

 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत १८ लाखको २ कोठे भवनको बुधबार  शिलन्यास  गरीएको हो। उक्त भवनको गाउँपालिकाका उपाध्यक्ष तारा न्यौपानेले शिलन्यास गर्नु भएको हो ।

 

शिलन्यास कार्यक्रममा वडानं. १ का वडा अध्यक्ष रत्नलाल न्यौपाने , सरस्वति माबीका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बर्म एैडी, बिद्यालयका प्राधानाध्यापक शंकर न्यौपाने, पत्रकार बिष्नु न्यौपाने लगाएतको सहभागीता थियो।

 

भवनको शिलन्यासमा बोल्दै उपाध्यक्ष तारा न्यौपानेले वालवालीकालाइ  पठनपाठनमा सहयोग पुग्नेबताउनु भयो ।


error: Content is protected !!