Loading... आजः ६ बैशाख २०८१, बिहीबार

अभावका बिच आशाको किरण: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

बर्शौ देखि अभाव, गरीबी राज्यले उपेक्षा गरेको पिछडिएको क्षत्र कर्णालीमा अहिले पनि अभाव छ, गरीबी छ। भोग छ, रोग छ, न राज्यले प्राथमिकतामा राखेको देखिन्छ, न केइ विशेष अधिकार।

 

आज प्रदेश २ बाट १४ जना देशको मन्त्री पाउँदा मेरो कर्णालीले १ जना मन्त्री पाएको छ। यस्ता धेरै कुरा मनमा छन्, यस्ता धेरै आक्रोश मनमै छन्। कुनै दिन सुनाउला, मनका बेदना पोखौला।अभाबै अभाबका बिच एक ठुलो आशाको किरण बनेर कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान उदाएको छ। कर्णालीको स्वास्थ्य क्षत्रमा मात्र नभइ कर्णालीको आर्थिक, सामाजिक र पर्यटन क्षत्रमा यस्ले ठुलो अर्थ राख्ने बिश्वास मैले लिएको छु।

 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान(KAHS)-शिक्षण अस्पताल जुम्लामा यसै बर्ष देखि MBBS अध्यनको लागि चिकित्सा शिक्षा आयोगले अन्ततः स्वीकृति दियो। यो एक खबर मात्र नभई जित हो, हामी सबै कर्णाली बासीको जित। स्थापनाको ९-१० बर्ष पछि मिलेको यो खुशीका पछाडी कैयौं परिश्रम छन, राज्य सङ निरन्तर अधिकार प्राप्तीका लागि लडिरहनु भएका आदरणीय अग्रजहरुको यसमा ठुलो मिहिनेत छ।

 

डाक्टर गोबिन्द केसिले १ बर्स अघि जुम्लामा गरेको अनशनको एउटा माग राज्यले सम्बोधन पनि गरेको छ।कोभिडको पहिलो र दोस्रो लहरमा आफुलाइ एक अब्बल संस्था प्रमाणित गरेको KAHS ले स्थापनाकाल देखि हाल सम्म कर्णाली जनताको स्वास्थ्यमा उल्लेखनीय भुमिका खेलेको छ।केइ बर्ष पहिले कर्णालीमा डाक्टरको अभावले भएको स्रोत साधनको पनि उपयोग नभएको, चिकित्सककै अभावले धेरैले अकालमा ज्यान गुमाउनु परेको, जिल्ला अस्पतालहरु डाक्टर बिहिन भएको, बिशिस्ट सेवा लिन नेपालगन्ज, काठमाडौ धाउनुपरेको जस्ता धेरै समाचार बारम्बार सुनिन्थ्यो। तर आज हिजो अभावको पर्याबाची कर्णालीले आफ्नै माटोमा डाक्टर उत्पादन गर्ने खबरले धेरै खुसी बनायो।

 

 

कोभिडको पहिलो लहरको बेला जिल्ला अस्पताल कालिकोटमा १५ दिन बसेर मैले केइ सिक्ने पौका पाएको थिए, अझ भनुम MBBS अध्यनरत मैले आफ्नो गाउँ ठाउका जनताको स्वास्थ्य स्थिति बुझ्ने केइ अवसर पाएको थिए।

 

एक जना मात्र MDGP डाक्टर भएको जिल्ला अस्पतालमा चार जना MBBS डाक्टर हुनुन्थ्यो जसमध्ये २ जना डाक्टर स्थानीय। तर स्रोत र साधनको अभावमा चिकित्सकको सीप र क्षमताको भरपुर उपयोग नभएको देखे। रिफरका केसहरु पहिला- पहिला सुर्खेत नेपालगन्ज काठमाडौ हुने गर्थे अहिले KAHS, जुम्ला हुने रहेछन् ।

 

कता जान सजिलो हुन्छ भन्दा बिरामीका आफन्त जुम्ला भन्न छुटाउदैन थिए। हरेक महिना KAHS, जुम्लाले विशेषज्ञ डाक्टर सहितको उपचार सेवा सुरु गरेको थियो। अस्ति भर्खर मात्र मेरि आमा जुम्ला बाट दुई जना विशेषज्ञ डाक्टर जिल्ला अस्पताल कालिकोट आउनु खबर सुनाउदै हुनुन्थ्यो।

 

कोभिडको दोस्रो लहरमा चिकित्सकको अभाव झेलेको नेपालगन्जको भेरी अस्पतालमा KAHS ले डाक्टरको टोलि पठाएको थियो, कर्णाली प्रदेश अस्पताल सुर्खेतमा आज जुम्ला बाट डाक्टर आउँछन, कर्णालीका अरु जिल्लामा पनि डाक्टर अभाव हुन नदिन KAHS ले महत्त्वपूर्ण भुमिका खेलिरहेको छ।

 

गर्वको कुरा के पनि छ भने अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्णालीको माटो बुझेको, कर्णालीका जनताको स्वास्थ्य नजिक बाट निहालिरहेको, कोभिडको पहिलो लहरमा अस्पताल पुर्ण सक्षम छ भनेर देखाएका एक जुझारु युवा शिक्षण अस्पताल जुम्लाका पुर्ब निर्देशक डा. मंगल रावल उपकुलपति हुनुन्छ।युवा जोस, कर्णालीलाई मेडिकल हब बनाउने सपनामा उहाँले उल्लेखनीय भुमिका खेल्दै हुनुन्छ, उहाँको निरन्तर सक्रियताले पनि कासले आज यो अवसर पाएको हो।

 

जुम्लाबाट निर्वाचित प्रदेश सान्सद नरेश भण्डारी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना देखि हाल सम्म निरन्तर लाग्नु भएको छ, केइ समय अघि KAHS मा MBBS अध्यापनका लागि उहाँ सहितको टोलिले काठमाडौमा सरकारका मन्त्री र प्रधानमन्त्रीसंग गरेका कसरत पछिको कथा सहितको अन्तरबार्ता एभिन्युज टेलिभिजनमा राजेन्द्र बानियाँले प्रस्तुत गरेको थिए।

 

मैले उहाँलाई उहाँको चर्चित कृति “चादीका घेरा” मा आधारित नाटक मंचनका बेला भेटेको थिए, उहाँ जस्तो जुझारु ब्यक्ति भेटदा मलाई गर्व लागेको थियो।उहाँलाई मैले सोधेको ” आदरणीय दाइ, जुम्लामा कहिले बाट MBBS अध्यापन सुरु हुन्छ?” भन्ने प्रस्नको उत्तर आज झन्डै ५-६ बर्ष पछि पाएको छु।

 

 

ढिलो भयो, यो निर्णय अलि पहिले हुनुपर्थ्यो तर जे भयो राम्रो भयो, कर्णालीका जनताको हितमा भयो, कर्णालीको स्वास्थ्यमा दुरगामी सकारात्मक असर देखिने निर्णय भयो।अब अझै मिहिनेत गर्नुपर्ने छ, क्षमता वृद्धि गर्नु पर्ने छ, नर्सिङ , MBBS, MD र अन्य बिधामा अहिले पाएको सिट बढाउन कासले राज्यलाई आफू बलियो भएको प्रमाणित गरिसकेको छ, अझै गर्नपर्छ।मलाई बिश्वास छ आधारभुत स्वास्थ्य अधिकारबाट बन्चित कर्णालीबासी लाई कर्णालीको अभावमा हुर्किएका कासका उपकुलपति डा. मंगल रावलले उल्लेखनीय भुमिका खेल्नु हुनेछ।

 

दर्शन पाण्डे, खाडाचक्र नगरपालिका, कालिकोट।
हाल: MBBS अध्यनरत, पाटन स्वास्थ्य बिज्ञान प्रतिस्ठान, ललितपुर