Loading... आजः ७ बैशाख २०८१, शुक्रबार

काँग्रेस एक ढिक्का भयो–सभापती शाही

कालिकोट ः नेपाली कांग्रेस कालिकोटका नबनिर्बाचित सभापती अम्बबहादुर शाहीले कालिकोटमा काँग्रेस एक ढिक्का भएकोे बताएका छन् । भर्खरै सम्पन्न नेपाली काँग्रेस कालिकोटको सातौँ जिल्ला अबिधेशनबाट सर्बसहमत रुपमा सभापतीमा निर्बाचित भएपछि उनले यस्तो बताएका हुन् ।
उनले कालिकोटमा गुटगत राजनीतिको अन्त्य गरी बिबाद रहित एकताको अबिधेशन सम्पन्न गर्ने सबै नेता, कार्यकर्ताहरुलाई धन्यबाद दिए । उनले भने, नेपाली काँग्रेस कालिकोटका महासमिति सदस्य तथा युवा नेता भुपेन्द्रजंग शाही, निबर्तमान सभापती हर्षबहादुर बम, पुर्वसभापती कालीबहादुर सहकारी, मुक्तिप्रसाद न्यौपाने, युवा नेताहरु संकर उपाध्याय, नारायण भट्टराई, मनराज शाही, मानबहादुर रोकाया, दानबहादुर बम, नन्दबहादुर शाही, मीनबहादुर बोगटी लगायतका नेताहरुको सक्रियता र सद्भावले पाटी एक ढिक्का भएको छ । मेरो अभियान भनेकै पाटीलाई सहमति र सहकार्यबाट अगाडी बढाउने र आगामी तीनवटै तहका निर्बाचनमा पाटीलाई बिजयी गराउने हो ।
उनले कालिकोटका आम काँग्रेसी नेता तथा कार्यकर्ताहरुले आफु प्रति न्याय दिएको बताउदै आफुले पनि पाटीलाई न्याय गर्ने प्रतिबद्धता जनाए । उनले भने, हामी अब एक भएर पाटीलाई सशक्त बनाउछौँ । उनले थपे, म कुनै गुटको सभापती हैन् । म नेपाली काँग्रेस कालिकोटको सभापती हुँ । किन भने जीवनभर काँग्रेसको राजनीतिमा सक्रिय भएर ६६ बर्षको उमेरमा सबैको सद्भावले सभापती बन्ने अवसर पाँए । मेरो जीवन पुरै पाटीमा समर्पण गरेर काम गर्छु । पाटीलाई कालिकोटमा सबै भन्दा बलियो र आम नागरिकको भरोषाको केन्द्र बनाउछु ।