Loading... आजः ८ बैशाख २०८१, शनिबार

कलिलो उमेरकी तिन चेली जन्म थलाेमै स्वास्थ्य कर्म

कालिकोट– नेपालका आम डाक्टरहरु दुर्गम क्षेत्रमा जानुपर्ने भयो भने विरक्त मान्छन् । तर, यसका अपवाद हुन् डा. किरन, अप्सरा र रमिता नाथ योगी । उनले कहिल्यै सुगम क्षेत्रको कार्यस्थल रोजेनन् । जन्म थलोमै सेवा गर्ने सोच राखेर मन्त्रालय देखी नेताहरु संग हारगुहार गरी जन्म थलोको हाल जिल्ला अस्पताल कालिकोटमा कार्यरत छन् कालिकोटकी कलिलो उमेरकी यी तिन चेली ।
उनलाई दुर्गममा कहिले जान पाइएला भन्ने व्यग्रताको तिर्खा मेटिएको छ । अस्थायी रुपमै भएपनी दुर्गममै जन्मे–हुर्केका उनीहरु आफ्नो सम्पूर्ण जीवन दुरदराजमा बस्ने असहाय बिरामीहरुको सेवामा समर्पित गर्न चाहाना पुरा भएको छ ।
उनी हुन डाक्टर रमितानाथ योगी, डाक्टर अप्सरा हमाल र डाक्टर किरन शाही जुन गाउँमै जन्मे–हुर्केकाले उनलाई गाउँको पीडा राम्ररी ज्ञात थियो ।

१४ वर्षको छँदा डाक्टर किरनको खुट्टामा समस्या आयो । त्यतिबेला कालिकोट देखी शहरबजार जानको लागी बाटोघाटो, सञ्चारकोे कुनै सुविधा थिएन । गाउँमा सामान्य स्वास्थ्यचौकी र जिल्लामा दक्ष चिकित्सकको अभाव थियो । सामान्य खालका बिरामको उपचार हुने गरेपनी जटिलखालका बिरामको उपचार हुन्थेन केही स्वास्थ्यकर्मीहरु थिए । उनीहरु तालिमप्राप्त भने थिएनन् । फलस्वरुप उनले उचित उपचार पाउन सकिनन् । जिल्लाका अन्य गाउँमा भन्दा सदरमुकाममा केही सुबिधा भएपनी उतिबेला स्वास्थ्य सेवा पाउन मुस्किलै हुन्थ्यो । खाँडाचक्र नगरपालिका मान्ममा जन्मिएकी किरन सानो उमेरमा गाउँमा पढेपनी पछी शहरमा पढ्ने अवसर पाइन ।
बाबुआमाले उनलाई उपचारका लागि नेपालगंज स्थित हाडजोर्नी तथा नसारोग अस्पतालमा पनि पुय्राए । तर विडम्बना, उनको थप उपचार हुन सकेन । थप उपचारका लागी आफुलाई काठमाण्डौमा लगिसकेपछी मात्र सुधार आयो ।
यही घटनाले पहिलोपटक आफूलाई स्वास्थ्यकर्मी बन्ने प्रेरणा दिएको डाक्टर किरन बताउँछिन् । यही पिढा आफुले नभोगेको भए सायत यो क्षेत्रमा हुन्थेन होला । सानो छदा आफ्नो रुची बंंैक तिर जागिर खाने थियो ।
अहिले आफ्नै जन्मभुमीमा सेवा गर्न पाउदा निकै खुशी छु । मेरो कर्म यस्तै दुखी, गरिबी, असाहाय र दिनदुखीको सेवामा बित्ने छ । उनले भनिन् पहिले भन्दा अहिले अस्पतालको सेवामा सुधार हुदै गएको छ । अझै सेवालाई थप जनमुखी र प्रभावकारी दिलाउन औजार उपकरण र आवश्यक दक्ष जनशक्क्तीको आवश्यक रहेको बताईन ।

डा. किरनको मात्र पिढा थिएन उनीभन्दा बढि पिढा नरहरीनाथ गाउँपालिका – ९ लालुकी डाक्टर रमितानाथ योगीको पनी झन पिढा थियो ।
१४ वर्षको उमेरमै जन्मदिने आमा गुमाएर टुहुरी बनेकी रमिताको डाक्टर बन्ने रहर र चाहाना थिएन । उनी पनी बाध्यताले डाक्टर बनिन् । उनी ८ कक्षा पढ्दा आमाको पाठेघरमा क्यान्सर भई मृत्यु भयो ।
सामान्य परिवारमा जन्मिएकी रमिताको आर्थिक अवस्था निकै कमजोर थियो । उतिबेलाको समयमा समान्य व्यथा बिमार लागेमा सिटामोल समेत नपाउने गाउँमा उपचार सम्भव थिएन । ज्यान जोगाउन रिन सापक गरेर भएपनी सुर्खेत,नेपालगंज लगायतका शहरमा दिनु पर्ने बाध्यता थियो । आर्थिक अवस्था कमजोर भएपछी गाउँको खेतपाखो बेचेर आमालाई उपचार गरियो । अन्तत आमालाई बचाउन सकिएन पैसा मात्र खर्च भयो । पछी कन्चन नेपाल भन्ने संस्थाले आफुलाई निशुल्क पढायो, कक्षा ११ र १२ पुर्ण छात्रवृतीमा निशुल्क पढ्न पाए । सुनेको, देखेको नभई आफै पिढा भोगेको हुनाले डाक्टरनै पढ्नु पर्छ भनेर काठमान्डौको पाटन स्वास्थ्य विज्ञान प्रतिस्ठानमा नाम निकालेर पुर्ण छात्रवृतीमा निशुल्क पढ्न पाए । अहिले आफ्नै जन्मथलोमा सेवा गर्न पाएकी छु । औषधी उपचार नपाएर मैले जन्मदिने आमा गुमाउन बाध्य भएपनी अव मेरी आमा जस्तै कसैको ज्यान नजावस भन्ने हेतुले दुर्गममै आएर आफ्नो जन्म थालोमा सेवा गरेकी छु । मेरो कथा अझै पिढादायी छ जुन सडकबाट यो अवस्थासम्म पुगे । आखिर मनमा इछ्छा शक्त्ती र मेहनत हुनु पर्दो रहेछ । यसैमा गर्भ छ यस घटनाबाट स्वास्थ्य क्षेत्रमा लाग्ने उनको अठोट झनै दृढ भएको थियो ।

रमिता र किरनकै जती पिढा भोगेकी तिलागुफा नगरपालिका – ३ फोईमा जन्मिएकी डा. अप्सरा हमाल पनी हुन । अप्सरा पनी अहिले आफ्नै जन्म थलोमा कर्म गरेकी छन ।
पढ्नमा सधै अब्बल अप्सरा कक्षामा सानैदेखि प्रथम हुन्थिन । उनले कालिकोट स्थित गाउँकै स्कुलबाट प्रथम श्रेणीमा एसएलसी उर्त्तीण गरिन । त्यतिबेला जिल्लामा एसएलसीसम्म पढ्ने विद्यार्थी नै कम हुन्थे । त्यसमा पनि प्रथम श्रेणीमा उत्तीर्ण गर्नु चानचुने कुरा थिएन ।
दुर्गमका नागरिकको दयनिय अवस्थाको भोक्तभोगी अप्सराले पनी पाठक स्वास्थ्य विज्ञान प्रतिस्ठानबाटै एम.विवि.एस अध्यान गरी उतिर्ण भएपछी गाउँमा सेवा गर्नु पर्छ भनी जिल्ला अस्पतालमा कार्यरत छन । अस्पताल मात्र होइन उनी आफ्नै गाउँमा पनी सेवा दिन जाने गरेकी छन । उनको भनाई छ, अव जन्मथलोमै कर्म गरेर खाने हो ।

विगतका दिनहरुमा डाक्टरनै टेक्न नसक्ने कालिकोटले अहिले स्थानिय डाक्टर पाएपछी सेवा प्रवाहमा सहज भएको स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर रत्नबिर सुनारले बताए ।
दक्ष विषय विज्ञ र दरबन्दि अनुसारका डाक्टरको त कुरा छोडौ एम.विवि.एस डाक्टर समेत पाउन नसकेको जिल्ला अस्पतालले अहिले स्थानिय डाक्टर पाएपछी अस्पतालले निरनतर सेवा दिन थालेको सुनारले बताए । जिगतका दिनहरुमा जे जस्तो कमीकमजोरी भएपनी अहिले अस्पताल सुध्रिदै गएको दावि गरे ।
गाउँकी महिलाहरुले प्रष्टसंग पुरुषसंग आफ्नो समस्याहरु भन्न नसक्नुले महिला डाक्टरको आवश्यक थियो अहिले स्थानियनै तिन जना डाक्टर भएपछी सहज समेत भएको छ । विगतका दिनहरुमा औजार उपकरण बिनै जटिलखालका शल्लेक्रिया गर्नु पर्ने वाध्यता थियो । नसके रेफर गर्ने गरिएको थियो । अहिले उस्तै जटिलखालका केशहरु मात्र रेफर गछौँ। नत्र अस्पतालमै केश सफल भएका सफल भएका छन । अहिले औजार उपकरण र जनशक्क्तीको अभाव छैन ।
व्यवस्थापक सुनाले भने, जिल्ला अस्पतालमा मात्र हैन, जिल्लाका ९ वटै स्थानिय तहमा डाक्टर सहितको सेवा सुचारु गरिएको छ । दरबन्दि नभएको ठाउँमा अहिले एक हप्ताको लागी डाक्टर पठाउने गरेका छौ ।
डा. रमितानाथ योगी, किरन शाही र अप्सरा हमाल जस्तै दुर्गमका जनताको सेवा गर्ने भावना सबै डाक्टरहरुमा भइदिए नेपालको स्वास्थ्य क्षेत्रमा काँचुली फेर्ने कालिकोटका प्रमुख जिल्ला अधिकारीले बताए । उनले भने, स्थानिय डाक्टर र अस्पताल प्रमुख स्थानियनै भएकाले अस्पतालले थप सेवा प्रवाहमा चुस्तदुरुस्त हुनेमा विश्वास राखे ।