Loading... आजः ८ कार्तिक २०७८, सोमबार

विद्यार्थीकाे कानकाे जालि फुट्ने गरी शिक्षककाे पिटाई

घाइते वालकलाई उपचारकाे लागि नेपालगञ्ज रेफर

कालिकोट –जिल्लाकाे नरहरिनाथ गाउँपालिका –७ स्थित रूपादेवि मावि विद्यालयका शिक्षक प्रकाश शाहीले सोहि विद्यालयका कक्षा ७ मा अध्यायनरत १५ वर्षिय छात्र बिरेन्द विकलाई पिट्दा कानको जालि फुटेको छ । शिक्षकको पिटाईबाट विद्यार्थीको कानको जालि फुटेको हो । शिक्षकको पिटाईबाट घाइते बालक बिकलाई कानको उपचारको लागि प्रथामिक उपचार केन्द्र कुमालगाउँमा लगेपछि, अस्पतालले उपचार सम्भव नहुने भन्दै कोहरपुर मेडिकल कलेज नेपालगन्जमा रेफर गरेको छ । अस्पतालले बालक विकको कानको जालि फुटेको रिपोर्टमा भनेको छ । अस्पतालका डाक्टर जितेन्द्र महतोद्वारा हस्ताक्षित रेफर कागजमा विकको कानको जाँच गर्दा बायाँ कानको जालि फुटेको जनाईएको छ । घाइते बालक विकका आफन्तले पिट्ने शिक्षकलाई कार्वाहीको लागि ईलाका प्रहरी चौकि कुमालगाउँमा उजुरि दिएको पाईएको छ ।कानको जालि फुटेकाले उपचारमा समस्या भएको पिडित बालकका आफन्तले गुनासो गरेका छन ।

उता विद्यार्थीलाई पिट्ने शिक्षक प्रकाश शाहीले आफुले कक्षा कोठामा नपिटेको बताएका छन । उनले भने, म कक्षा १ देखि ४ कक्षा सम्म हेर्छु,उनिहरू आ आफुमा झगडा गरिरहेको बेला फिटाउन र शान्त पार्न खोजेको हुँ, सामान्य हल्का पिटेको मात्र हो । नियतबस कानको जालि फुटाउने तरिकाले पिटेको हैन । पिडितका आफन्त र म विद्यालयमा छलफलका लागि बसेका पनि हौ, खर्च समेत वेहोर्ने आफुले भनेको पनि हो । तर, उनिहरूले सावधान भएको घटनालाई फेरि ठुलो बनाएको शाहीले आरोप लगाए । शिक्षक शाहीका अनुसार, आफुलाई विद्यालयमै पिडित विकका आफन्तले दुर्ववहार समेत गरेको बताए । उता पिडकहरुले आफुले कुटेपछी कानको जाली नफुटेको दावि गरेका छन । उल्टै उपचार र छलफल गर्नुको साटो प्रकास शाहीमाथी विद्यालयमा हातपात गरेको भन्दै उजुरी दिने तयारी गरेका छन् ।

 

शिक्षण सिकाई बिधि अपनाउनुकाे साटाेँ कानै फुट्नेगरि शिक्षकले विद्यार्थीलाई पिट्नु गलत रहेकाे विद्यालयले प्रतिकृया दिएकाे छ ।

 

शिक्षक शाहीलाई हातपात भएपछी विद्यालयले निकालेको विज्ञाप्ति

error: Content is protected !!