Loading... आजः ८ कार्तिक २०७८, सोमबार

पहिरो पिडितको व्यवस्थापन गछौँ –नगरप्रमुख पाण्डे

कालिकोट -खाँडाचक्र नगरपालिका वडा नम्बर ८ लुवार वस्तीका पहिरो पिडितलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने नगर प्रमुख जसिप्रसाद पाण्डेले बताएका छन् । शिक्षा, स्वास्थ्य, खाध्य र सुरक्षित आवासको विषयमा इन्सेक कालिकोटको आयोजनामा आयोजित अन्तरक्रियामा मेयर पाण्डेले सहभागिताका चोटिला गुनासा र प्रश्नको जवाफ यसरी दिएका हुन । सहभागिले खाँडाचक्र नगरपालिका वडा नम्बर ८ पाखा लुवारटोलका पहिरो पिडितको व्यवस्थापन हुन नसकेको गुनासो राखेपछी मेयर पाण्डेले सोही वडाका १७ धरधुरीलाई सुरक्षित स्थानमा वस्ति स्थानन्तरण गर्ने प्रतिवद्धता जायर गरेका हुन । उनले भने, मुचुल्का पेश भइसकेको छ, तत्काल जोखिम वस्तीको व्यवस्थापनका लागी प्रदेश सरकार संग माग सहित नगरपालिकाको वजेट थपेर भएपनी सुरक्षित स्थानमा सार्ने बताए ।

दरबन्दि अनुसारका शिक्षक व्यवस्थापन नहुनुले नगरको शिक्षा क्षेत्र कमजोर हुदै जानु, विपन्न समुदायहरुको आवश्यकताई व्यवास्ता गरिनु र खाध्यान्नमा परनिर्भता अझै हटाउन नसकेको भन्दै सहभागिहरुले गुनासो गरेका थिए । सहभागि नागरिकहरको प्रश्नको मेयर पाण्डेले जवाफ दिदै सवैकुराको समस्या एकैपटक सावधान गर्न नसकिने भन्दै क्रमश विकास भएको दावि गरेका थिए । कार्यक्रममा वषै देखी भुमिहिन भएर बसिरहेका वादि समुदायको रेखदेख नभएको वादि समुदायकी कौशिला बादिले गुनासो राखिन । उनले भनिन् हामीत संधैका भोटवैंक भएर मात्र बसेका छौँ। जन्मथलो दैलेखवाट फिरन्त भएर कालिकोट वस्दा पनी कर्मथलोमा समेत आफ्नो अधिकार पाउन नसकेको बताइन ।

कसैलेत अहिले सम्म नेपाली नागरिकता पाएका छैनौ, नेपाली भन्ने पनी अधिकार समेत छैन । यही पहिचान नहुदा राज्यले दिने हरेक सेवा सुविधाबाट बन्चित हुनु परेको कौशिलाले गुनासो गरिन । कार्यक्रमको उदेश्यमाथी प्रकास पार्दै इन्सेक प्रतिनिधि कालिबहादुर मल्लले संविधानममै नागरिककले आवश्यक अधिकारका विषयमा लेखिएपनी यसको कार्यान्वयन प्रकिया कमजोर रहेकाले यसको कार्यान्वयन गर्न स्थाननिय सरकार कटिवद्ध हुनु पर्ने बताएका थिए । मानवअधिकार समुहकी कावा संयोजक मुना चौलगाईको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख जसिप्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो भने, वडा नम्बर ८ का वडाध्यक्ष गोविन्द बहादुर मल्लको विषेश आतिथ्यतामा विभिन्न क्षेत्रका सरोकारवालाहरुको सहभागिता थियो ।


error: Content is protected !!