Loading... आजः ८ कार्तिक २०७८, सोमबार

नेपाली कांग्रेस नवनिर्वाचित उपसभापति नन्द ब. शाहीलाई गृहजिल्लामा भव्य स्वागत

कालिकोट— नेपाली कांग्रेस नवनिर्वाचित जिल्ला कार्यसमितिका उपसभापति नन्द बहादुर शाहीलाई गृह जिल्ला शुभकालिका गाउँपालिकामा भव्य स्वागत गरिएको छ । लामो समयदेखी पार्टीमा गरेको योगदानलाई कदर शुभकालिकाबाट प्रतिनिधित्व राख्दै नवनिर्वाचित जिल्ला कार्यसमितिका उपसभापतिमा नवनिर्वाचित शाहीलाई नेता तथा कार्यकर्ताहरुले भव्य स्वागत सहित अधिनन्दन् गरेका हुन ।

आफुलाई न्याय दिएर काँधमा ठुलो जिम्मेवारी दिएकाले आफुले सवैको मनो भावना बुझेर कांग्रेसलाई थप बलियो र विधि, बिधान र पद्धतीमा रहेर अगाडी बढाउने नवनिर्वाचित शाहीले प्रतिबद्धता गरेका छन् । उनले भने, नेपाली कांग्रेस आगामि दिन देखि एकिवद्धता भएर अगाडि बढ्ने शाहीले बताए ।

कार्यक्रममा नवनिर्वाचित जिल्ला कार्यसमितिका उपसभापति नन्द ब. शाही, जिल्लाकार्य समिति सदस्य अम्म ब. शाही, अवैराज शाही, राज ब.शाही, रतन ब.शाही, जगत बि.क त्यसैगरी प्रदेश क्षेत्रीय कार्यसमिति ’क’का उपसभापति प्रेमप्रसाद जैसी र सचिव गणेश शाही लगाएत नेता कार्यकर्ताहरुको सहभागि रहेको थियो ।


error: Content is protected !!