Loading... आजः ८ कार्तिक २०७८, सोमबार

नेपाल सरकारका सहसचिव बने थापा

जुम्ला निवासी पूर्व प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा सहसचिव भएका छन । उनी नेपाल सरकारको राजपत्रांकित प्रथम श्रेणीको सहसचिव भएका हुन । लोकसेवा आयोग बिज्ञापन नम्बर १६६५४।०७७।०७८ को नेपाल सरकारले लिएको आन्तरिक प्रतियोगितामा तेस्रो नम्बरमा प्रशासन क्षेत्रको सहसचिव पदमा उत्तिण भएको बताए ।
जुम्लाका पूर्व प्रजिअ थापा उत्तिण भएपछि अव जुम्लाले प्रशासन क्षेत्रमा ३ जना सहसचिव पाएको हो । यस अघि जुम्लाका जयनारायण आचार्य र गोगन बहादुर हमाल सहसचिव पदमा कार्यरत थिए । आचार्य कास्कीको प्रमुख जिल्ला अधिकारी र हमाल सूचना तथा प्रसारण विभागको महानिर्देशकमा कार्यरत छन । थापाको सफल नतिजाले एक पटक फेरी सिंहदरवारमा कर्णालीको सानदार उपस्थिति जनाएको छ । थापालाई यतिवेला सामाजिक संजालमा वधाई दिने शुभचिन्तकहरुको ओईरो छ ।
सहसचिव थापा यस अघि जुम्ला सहित डोल्पा र सोलुखुम्वुमा समेत प्रमुख जिल्ला अधिकारीको रुपमा जिम्मेवमारी निभार्हा गरी सकेका हुन । थापा सहित लोकसेवाले आजै निकालेको अन्तरवार्ताको नतिजामा १२ जना सफल भएका छन् ।


error: Content is protected !!