Loading... आजः ८ कार्तिक २०७८, सोमबार

पहिराेले कर्णाली नदि सुक्दा नागरिक त्रसित

त्रसित नहुँन प्रशासनकाे सुझाव

कालिकाेट– एक्कासी आज विहान पहिले भन्दा पानी सतह करिव १० देखि १५ मिटर तल झरेको छ । ७ बजेर ४० मिनेटमा फोन गदै कर्णाली नदीको ५० प्रतिशत कम भएको र खोलाको रुपम गएकाे रास्काेट नगरपालीका ८ का लिलाराज बरालले बताए । उनले भने, नदी एक्कासी सुकेपछि नदि अासपासका नागरिक त्रषित भएका छन् । भने, केही नागरिकहरू नदी किनारमा माछा छोप्ने भिड लागेको बताए ।

पलाँता गाउँपालिका ९ का बलि बहादुर बमका अनुसार, नदि सुक्दा नदिका बस्तिहरू जाेखिम रहेकाे र नागरिक भिरपाखामा दाैरिएकाे बताए । उनले , सुरक्षा निकाय सबैलाई खवर गरिदिनहुन अनुरोध गर्नु भएकाेछ । फाेन गर्दा फोन राम्रो नचल्ने पलाँतामा नागरिक एका तिर त्रसित छन भने अर्को तिर माछा मार्नमा ब्यस्त भएकाे बताए ।
बाजुराकाे जुड्डिमा पहिराे पहिरो आएर थुनिएको हो भने आफै पहिरो छिचलेर वगेमा धेरै मानविय क्षदी हुने छ । हुम्लाको हिल्सावाट वग्ने कर्णाली नदी नेपालको सबै भन्दा लामो नदी पनि हो । कर्णाली नदी एक्कासी कसरी सुक्यो भनेर नागरिकमा त्रास फैलिएको छ । यस बिषयमा सुरक्षा निकाय पनि अाफ्नाे ठाउँमा सुरक्षा दिन तयार रहेकाे छ । जिल्ला प्रह्री कार्यालय कालीकोटका इन्सीपेक्टर महेश शाहीले कर्णाली नदी ५० प्रतिसत सुकेको बताए। वाजुराको जुड्डीको भिर फुटेका कारण कर्णाली नदी रोकिएको प्रहरीले जनाएको छ । तर नागरिकलाई त्रसित नहुँन प्रहरी तथा प्रशासनले जनाएकाे छ ।


error: Content is protected !!