Loading... आजः ८ कार्तिक २०७८, सोमबार

मुगुकाे पिना झ्यारीखाेलामा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु

कालिकाेट-नेपालगन्ज देखि मुगु तर्फ जाँदै गरेकाे बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो २ बजेतिर ३९ जना यात्रु रहेको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७ पिना झ्यारीखोलामा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको र १० जना भन्दा धेरै घाइते भएका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । उनले भने, ठूलो दुर्घटना र बस टुक्राटुक्रा भयो धेरै घाइते छन् । घाइतेलाई विमानस्थलमा ल्याएका छौं र कतिपयलाई उद्दार गरिरहेका छौं, हामीले प्लेन र हेलिकप्टर मगाएका छौं’ ।

उद्दारको काम भइरहेको र शव पनि संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी महतले जानकारी दिए । अहिले नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दा उद्वारका लागि घटनास्थलमा पुगेका छन् ।


error: Content is protected !!