Loading... आजः २३ माघ २०८१, बुधबार

मुगु अपडेट : मृत्यु हुनेकाे संख्या २४ र घाईते १६ जानाकाे उद्दार

कालिकाेट – अपडेट मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २४ पुगेको छ। दुर्घटनामा घाइते १६ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ। जसमध्ये ३ जनाको हेलिकोप्टरबाट  र १२ जनाको हवाइजहाजबाट उद्दार गरी उपचारका लागि नेपालगञ्‍ज लगिएको छ। घाइते एकजना बालिकाको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ।

नेपालगञ्‍जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर दुर्घटना भएको थियो। अप्ठ्यारो भिरालो बाटोका कारण दुर्घटना भएको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ। अहिले मृतकहरुको शव घटनास्थलबाट निकाल्ने काम भइरहेको छ।