Loading... आजः ८ कार्तिक २०७८, सोमबार

मुगु दुर्घटनामा २६ जनाले ज्यान गुमाए २७ जना गम्भीर घाईते

कालिकाेट-मुगुकाे छायानाथ रारामा आज दिउँसो भएको बस दुर्घटनामा २६ जनाको मृत्यु भएको छ । मुगुको छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोला भन्ने ठाउँमा बस २ सय मिटर तल खसेर २६ जनाकाे मृत्यु र २७ जाना घाईले भएका छन् ।

सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटना भएकाे हाे । हालसम्म २६ जनाको मृत्यु भएको नगरपालिकाका प्रमुख हरि जंङ्ग शाहीले जानकारी दिए । करिब २७ जना घाइते भएको उनले बताए ।

प्रदेश प्रहरी कार्यालयबाट डीएसपीसहतिको टोली अहिले घटनास्थलमा उद्दारमा सक्रिय छ । घाइतेलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव प्रसाद श्रेष्ठले बताए । सुर्खेतबाट सेनाको हेलिकप्टरबाट घाइतेहरुको उद्धार गरिरहेको र बाँकीलाई एम्बुलेन्सबाट अस्पताल पुयाइरहेको उनले बताए । घाइतेमध्ये केही गम्भीर अवस्थामा छन् ।


error: Content is protected !!