Loading... आजः ८ बैशाख २०८१, शनिबार

बाढिले गर्दा घरमा पालेका १३०भेडाबाख्राकाे क्षति

कालिकोट– जिल्लाकाे तिलागुफा नगरपालिका खल्लागाडमा पालेका भेडाबाख्रा बाढीले बगाएको छ। तिला नदीमा आएको बाढीले १३० वटा भेडाबाख्रा बगाएको हो। तिलागुफा नगरपालिकाको खल्लागाडमा ३० घर परिवारले पालेका १३० वटा भेडाबाख्रा बगाएको प्रहरीले जनाएको छ । १७० भेडाबाख्रा बगेकोमा ४० वटा जीवितै उद्धार गरिएको थियो । गए राति तिला कर्णाली नदीमा आएको बाढीले नदी छेउमा रहेका भेडाबाख्रा बगाएको हो।