Loading... आजः १९ मंसिर २०७८, आईतवार

अवरुद्ध कर्णाली राजमार्गकाे ढुङ्गा डाेजरले पन्छाउन नसक्दा ड्रिल मेसिन लगाएर बिस्पाेट

कालिकाेट– गत शनिबार रातिदेखि परेकाे अविरल वर्षातका कारण कर्णाली राजमार्गमा यात्रुहरुले सास्ती भाेग्नु परेकाे छ । अभिरल बर्षाले कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा यात्रु र सवारी चालकहरुले तीन दिनदेखी सास्ती खेपिरहेका हुन् । कालिकोट खाँडाचक्र नगरपालिका ७ पिली, तिलागुफा नगरपालिका ८ टाकुल्ला र खाँडाचक्र नगरपालिका २ शेरीघाटमा वर्षा हुँदा पहिरो जाँदा कर्णाली राजमार्ग भएकाे हाे । कालिकोटको मान्म–नाग्म सडक खण्ड तीन दिनदेखी अवरुद्ध भएकाे छ ।

खाँडाचक्र नगरपालिकाकाे पिलिमा अाएकाे पहिरो पन्छ्याउन सडक डिभिजन कार्यालय जुम्लाको डोजरले नसकेपछि राजमार्ग खुलाउन ड्रिल मेसिन लगाएर बिस्पाेट गरि नेपालि सेनाकाे टाेलि लगाएत प्रशासन, स्थानिय सरकारले ढुङ्गा फुटाउने भएकाे छ । कर्णाली राजमार्गकाे सडकमा ठूला ढुंगा अाएकाेले डोजरले हटाउन कठिन भएपछि विस्फोट गरेर फुटाउने तयारी थालिरहेको पहिरो स्थलमै रहेका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अाचार्यले जानकारी दिए । उनले भने,अहिले सडकमा रहेका ढुङ्गामा  ड्रिल मेसिन लगाएर प्वाल पार्ने काम भइरहेको छ केही समय लाग्छले प्रमुख जिल्ला अधिकारी अाचार्यले बताए । सडक अवरुद्ध हुँदा कालिकोट, जुम्ला, मुगु राराताल घुम्न जाने पर्यटक लगाएत अन्य यात्रुहरू अलपत्र भएका छन् । निकै दुखका साथ अाज ड्रिल मेसिन हेलिकाेप्टर वाट ल्याएर वलास्टिङ गरि ढुङगा फुटाएर सडक सुचारू गरिदैछ । यसमा प्रजिअ कृष्णप्रसाद अाचार्य, नगरप्रमुख जसिप्रसाद पाण्डे, मेजर निरजप्रताप राणा, प्रहरी प्रमुख चक्र शाह, शसस्त्र प्रहरी प्रमुख रामवहादुर पालि, सबै निकायका सुरक्षाक्रमि, स्थानिय नेता पुत्र मल्ल वडा नँ सातका अध्यक्ष रजवहादुर मल्लकाे समुहले काम गरिरहेका छन् ।


error: Content is protected !!