Loading... आजः ८ बैशाख २०८१, शनिबार

मानव अधिकार एलायन्स कालिकोटको तेस्रो अधिवेशन उद्घाटन

कालिकोट— राष्ट्रिय मानव अधिकार एलायन्स कालिकोटको तेस्रो जिल्ला अधिवेशनको केन्द्रिय अध्यक्ष मिनबहादुर शाहीले उद्घाटन गरेका छन ।
मानव अधिकार एलायन्स कालिकोटका अध्यक्ष कालिबहादुर मल्लको सभा अध्यक्षतामा उद्घाटन गरिएको कार्यक्रममा एलायन्सका केन्द्रिय अध्यक्ष तथा राष्टिय योजना आयोगका पुर्व सदस्य रमेत रहेका शाहीको प्रमुख आतिथ्यता, नेकपा एमाले कालिकोटका पार्टी अध्यक्ष नगेन्द्र शाही नेशनलको विषेश आतिथ्यता, एमाले उपाध्यक्ष रमेश कुमार शाही, एलायन्सको केन्द्रिय सदस्य कणप्रसाद चौलगाई, पार्टी कार्यालय सचिव दानबहादुर शाही, एमाले नेता धिरबहादुर शाही, प्रेस चौतारिका अध्यक्ष भरतराज विष्टको आतिथ्यतामा अधिवेशनको उद्घाटन गरिएको हो ।
राष्ट्रिय मानव अधिकार एलायन्स देशका ७७ वटै जिल्लामा संगठन विस्तार भएको छ ।
उद्घाटन गदै केन्द्रिय अध्यक्ष शाहीले हरेक पार्टी बलियो बनाउन जनवग्रिय संगठनको महत्वपुर्ण भु्मिका रहने हुदा मानव अधिकार एलायन्सले पनी पार्टी संगठन बलियो बनाउनु उतिकै भुमिका रहने बताएका थिए । कार्यक्रमको संचालन विश्वनाथ सिम्खाडाले गरेका थिए ।