Loading... आजः १९ मंसिर २०७८, आईतवार

भालुकाे आक्रमणबाट जुम्लामा महिलाकाे मृत्यु

जुम्ला -भालुको आक्रमणबाट जुम्लामा एक महिलाको मुत्यु भएको छ ।  तातोपानी गाउँपालिका– ५ जुम्ला लाम्रा गाउँकी एक महिलाको भालुको आक्रमणबाट मृत्यु भएको हो  ।

मृत्यु हुनेमा करिब ५५ वर्षीय रुद्दा डाँगी रहेको जुम्लाका डीएसपी दानबहादुर थापाले बताए  । उनका अनुसार मृतक महिला सोही गाउँपालिका– ५ स्थित गाढापारी सामुदायिक वनको चौकीदार रहेको बताए । वन हेर्न गएको डाँगीलाई  शनिबार हिउँसो १२ः०० बजेको समयमा भालुले आक्रमण गरेको थियो ।


error: Content is protected !!