Loading... आजः १९ मंसिर २०७८, आईतवार

काेराेना भाईरसकाे अमेरिकी खाेप भाेली नेपालमा आईपुग्ने , काे काेले लगाउने

 

काठमाडौं – अमेरिकाले नेपाललाई १ लाख ६ सय २० डोज फाइजर खोप पठाउने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत यसबारे जानकारी दिएको हो । यसअघि गत जुलाईमा १५ लाख ३० हजार डोज जोन्सन एन्ड जोन्सनको खोप पठाएको थियो ।

अमेरिकाबाट आउने खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी किशोर–किशोरीलाई लगाइने स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

खोप सोमबार अर्थात भोलि नेपाल आइपुग्ने पौडेलले बताए । खोप दिन प्रयोग गरिने सिरिज भने आज नै आइपुग्ने उनले बताए ।  तिहार र छठ पर्व सकिएपछि खोप कार्यक्रम सुरु हुने जनाइएको छ ।

 


error: Content is protected !!