Loading... आजः १९ मंसिर २०७८, आईतवार

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कालिकाेटमा एक्सरे र प्रयोगशाला सेवा सुरु

कालिकोट-जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे र प्रयोगशाला सेवा सुरु गरिएको छ । परम्परागत घरेलु जडिवुटी उत्पादन गर्दै आएको औषधालयले मंगलबार देखी आफ्नो कार्यालयबाट थप एक्सरे र प्रयोगशाला सेवाको उद्घाटन गरेको हो ।
राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी दिवसको अवसरमा कार्यालयमा पुजाआर्चना गरी सेवाको उद्घाटन गरिएको थियो ।
कार्यालयका प्रमुख विरेन्द केसीको सभाअध्यक्षता, सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता जनस्वाथ्य अधिकृत कटक महत पत्रकार लगायतको उपस्थितिमा सेवाको उद्घाटन गरिएको छ ।
कार्यालयका शुचना अधिकारी लक्ष्मिप्रसाद पाण्डेका अनुसार भिडियो एक्सरे र प्रयोगशाला सेवा ससुल्क रुपमा दिने गरी सेवा थप गरिएको बताएका थिए ।
हरेक वर्ष दिवसको अवसरमा पुवाआर्चना गर्ने गरेको कार्यालयले यस वर्षदेखी थप एक्सरे र प्रयोगशाला सेवा सुरु गरेको हो ।


error: Content is protected !!