Loading... आजः १९ मंसिर २०७८, आईतवार

कटक रोकाया हत्या आरोपीलाई कारवाही गर्न मृतकका आफन्तको माग

कालिकोट– कार्तिक ११ गते राती पलाँतामा कटक राेकायाँ सक्त घाईते अवस्थामा नन्दलाल राेकायाकाे घरको आगानमा भेटिनु भयो । बिहान पाँच वजे सक्त घाइते अवस्थामा भेटिनु भएका राेकायाँलाई कसैले कुटपिट गरेर सक्त घाईते वनाएको सबैमा आसंका जाग्यो ।

मृर्तकलाई पलाँता अस्पतालमा भर्ना गरियो । उहाँको सम्पर्कमा रहेकाको खोजि हुदा उनिहरु रातारात भागेको खवर गाउँमा पुग्यो ।
लगतै प्रहरीमा सम्पर्क गरेपछि हत्यामा संल्न्न रहेको आसंकामा संकास्पद ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसन्धान अधिकृत प्रहरी निरिक्षक भुपेन्द्र शाहीका अनुसार कार्तिक ११ गते राती अन्दाजी ११ वजे को समयमा पलाँता गाउँपालिका वडा नं ८ का वर्ष ३४ का कटक रोकाया माथि आक्रमण भएको र त्यसैका कारणले उहाँको मृत्यु भएको पुस्टी भएको बताए ।

घटना लगतै बिहान उहाँकै दाई सन्तान भित्रकै रवि भनिने वर्ष ४० का रविन्द्र कुमार रोकाया, उहाँकै भाई वर्ष २५ का महाविर रोकाया र वर्ष ३२ की रविन्द्र कुमार रोकायाकी श्रीमती जुहारा रोकायाको नाममा किटानी परेको छ ।

तर प्रहरीले भने रोकाया दाजु भाईलाई मात्र प्रक्राउ गरी अनुसन्धान थालेको छ । प्रहरी निरिक्षक शाहीले सरकारी वकिल नभएका कारणले कसैको पनि वयान लिन नपाएकाले महिलालाई पक्राउ नगरिएको बताए ।

कसैको पनि वयान भएको छैन । भाई महाविर रोकायाले भने झगडा भएको कुरा स्वीकार गरेका छन । अरुको वयान लिन वाँकी रहेको उनको भनाई छ ।

मृतक कटक रोकायाका हत्यारालाई कार्वाही गर्न मृतकका आफन्तले माग गरेका छन । हत्यामा संलग्न ३ जनाको नाममा किटानी दिएको १४ दिन बढी पुग्दापनी प्रहरीले दुई जनालाई मात्र समातेको र एक जनालाई प्रक्राउ नगरेको भन्दै तिनै जनालाई कार्वाही गर्न माग गरेका हुन ।

आइतबार सदरमुकाम मान्ममा मृतकका आफन्तहरुले पत्रकार सम्मेलन गरी दोषीलाई कानुनी कार्वाहीका लागी माग गरेका छन । पत्रकार सम्मेलनमा मृतककी श्रीमती नैसोभा रोकायाले हत्यामा सग्लग्न तिनै जनालाई कार्वाही नहुदा सम्म आफु अदालत र जिल्ला प्रहरी कार्यालयकै अगाढी आत्मा हत्या गर्ने चेतावनी दिएकी छन । उनले भनिन् किटानी दिएको १४ दिन बढी भइसक्दा पनी हत्यामा संलग्नलाई कार्वाही नगरेको दुखेको पोखिन ।


error: Content is protected !!