Loading... आजः ५ जेष्ठ २०८१, शनिबार

कालिकोटमा कोरोना सम्बन्धि सचेतना जोगाउदै प्रहरी

कालिकोट । जिल्लामा कोरोना सम्बन्धि सचेतना सहित जनस्वास्थ्यका मापदण्डहरु पुरा गर्न नागरिकलाई सचेत बनाउने अभियान थालिएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटले पछिल्लो समयमा सर्बसाधारणहरुद्धारा जनस्वास्थ्यका मापदण्डहरु उलंघन गर्ने जस्ता नागरिक लाप्रबाही बढेपछि जनस्वास्थ्यका मापदण्डहरु पुरा गर्न नागरिकलाई सचेत बनाउने अभियान थालिएको हो ।
जिल्ला प्रहरी कार्यालय प्रमूख डिएसपी चक्रबहादुर शाहाले जिल्ला सदरमुकाम बजारमा कोरोना भाईरस सम्बन्धि सचेतना सहित यसबाट जोगिने उपायहरु प्रहरीले माईकिङ गर्ने गरेको बताए । उनले पछिल्लो समयमा स्थानियहरुले मास्कको प्रयोग नगर्ने, बजार क्षेत्रमा भीड लाग्ने जस्त ागर्ने नहुने क्रियाकलापहरु गर्न थालेपछि सचेत बनाउन प्रहरीले बजार क्षेत्रमा दैनिक रुपमा माईकिङ गर्ने गरेको बताए । उनका अनुसार प्रहरीले कोरोनाबाट आफु पनि बचौँ, अरुलाई पनि बचाऊ, भीडभाड र मेला प्रर्वमा सहभागी नहौँ, हरेक व्यक्तिले कम्तीमा २ मिटरको सामाजिक दुरी कायम गरौँ, साबुनपानीले मिचिमिचि हात धुने बानी बसालौँ, अनिबार्य रुपमा मास्क र सेनिटाईजरको प्रयोग गरौँ, नागरिक अनुशासन कायम गरौँ जस्ता नाराहरु माईकिङ गर्दै बजार क्षेत्र दैनिक घुम्ने गरिएको छ ।
जिल्ला प्रहरी प्रमूख शाहाले भने, ‘हामी पहिलो चरण नागरिकहरुलाई सचेत बनाउने अभियानमा छौँ । प्रहरीले गरेको आग्रहलाई अटेर गरे कानुन बमोजिम कारबाही गर्छौ । जिल्ला कोभिड १९ संकट व्यवस्थान केन्द्रको निर्णय अनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत गाँउ गाँउमा प्रहरीले कोरोना सम्बन्धि सचेतना जोगाउने पनि गर्ने गरेको छ ।’ कालिकोटका प्रमूख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिएसँगै जनस्वास्थ्यका मापदण्डहरु पुरा गर्न सबैलाई जिम्मेबार बन्न आग्रह गरिएको बताए । उनले कोरोनाको संक्रमण रोक्न जिल्लाका राजनीतिक दल, नागरिक समाज, स्थानिय सरकार सबै पक्षहरुसंग छलफल गरी कोरोनाबाट जोगिने उपायहरुका बिषयमा गाँउ बस्तीमासमेत सचेतना फैलाउने गरिएको बताए ।
जिल्ला समन्वय समिति कालिकोटका प्रमूख अनीपाल शाहीले गाँउमा हुने स्थानिय मष्टो देवताका पर्वहरु पनि यस बर्ष नमनाउने र मेला आयोजना नगर्न स्थानिय पालिकाहरुसँग पनि समन्वय गरिएको बताए । उनले मेला, जात्रा र पैठमा कोरोना संक्रमण फैलिने जोखिम हुने भएकाले यस प्रति सजक बन्न सबै पालिकालाई निर्देशन दिईएको बताए । उनले भने, ‘जिल्ला समन्वय समितिले सबै सरोकारवालाहरुलाई बोलाएर बैठक बसी कोरोनाको जोखिम बढाउने गतिबिधि नगर्न आग्रह गरिएको छ । केही व्यक्तिको लाप्रबाहीका कारण सबैले जोखिम बहन गर्नुपर्ने अवस्था छ । आम सरोकारवाला र नागरिक जिम्मेबार नबने समस्या आउन सक्छ ।’