Loading... आजः २ बैशाख २०८१, आईतवार

अध्यक्ष बमले गाउँपालिका सम्पुर्ण मावि विद्यालयलाई सेनेटरी प्याड भेण्डिङ मेसिन हस्तान्तरण

कालिकोट -जिल्लाको पलाँता गाउँपालिका स्थित थिर्पुमा गाउँपालिका अध्यक्षद्धारा सेनेटरी प्याड भेण्डिङ मेसिन हस्तान्तरण गरिएको छ ।
सरस्वती मा.बि थिर्पु, सरस्वती मा.बि राडुनेटा, कालिका मा. बि पुलाहा, कालिका मा. बि छलाँहा कर्णाली मा.बि खिन, देलिउली मा. बि उखाडी दैनिकर मा.बि दैनिकर, दुधेसिल्लो मा.बि बेर्सैनकोट, ओखलढुंगा मा बि सम्पूर्ण पलाताका माबी लाई भेण्डिङ मेसिन हस्तान्तरण गरिएको हाे ।

जिल्लाका दुर्गम ठाँउका कतिपय विद्यालयमा अध्यनरत छात्राहरु अहिले पनि महिनावारी भएको खण्डमा विद्यालय जान मान्दैनन् । साथीसंगीहरुले जिस्काउने डर तथा शिक्षक शिक्षिकाको अघि जान धक मान्ने भएका कारण उनीहरु महिनावारी तथा छाउ भएको समयमा विद्यालय जान छात्राहरुलाई असहज हुने गरेपछि गाउँपालिकाले यो विधि अपनाउनु परेको अध्यक्ष  लक्ष्मण बमले बताए । उनले भने, अब महिनावारी भएकाे वेला किशाेरीहरूले घरमा वसिरहनु पर्दैन, यस्ता कुप्रथा हटाउनु र समाजलाई रुपान्तरण गर्न लागि रहने अध्यक्ष बमले बताए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँतिकान्छा, वडा नम्बर ९ का वडा अध्यक्ष ट्क्क बहादुर बम राजकुमार नि. प्रमुख प्रशासकीय अधिकृत कर्मशिङ्ग बम शिक्षा शाखा प्रमुख रण प्रसाद भट्ट सम्पुर्ण मा बि का प्रधानाध्यापक लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।