Loading... आजः १९ मंसिर २०७८, आईतवार

काँग्रेसमा आमूल परिबर्तनकाे खाँचाे छ-युवा नेता शाही

कालिकाेट : नेपाली काँग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले काँग्रेसमा आमूल परिबर्तनकाे खाँचाे रहेकाे बताएका छन् । उनले संगठित पाटी, बलियाे काँग्रेस बनाउनका लागि युवाहरुकाे भुमीका महत्वपुर्ण रहेकाे बताउदै आगामी चाैधाैँ महाधिवेशनबाट पाटीमा आमुल परिवर्तनकाे खाँचो रहेको बताएका हुन् ।

उनले भने, ‘पार्टी अब पुरानो तरिका, गतिहिन, परम्पराबादी, कामचलाउ पारा र यथास्थितिमा चल्न सक्दैन अब पार्टि भित्रको गुटबन्दि, नाताबाद, भागबन्डा , ब्यक्तिगत स्वार्थ, पदिय स्वार्थ र चाकडी बादको राजनिति अन्त्य हुन पर्छ।’

नेपाली काँग्रेस कालिकाेटका महासमिति सदस्य समेत रहेका युवा नेता शाहीले अहिलेको युग सुचना प्रबिधिको युग भएकाले पार्टिका नेताहरुले आम कार्यकर्ताको भाबना, जनताको चाहना, युगको माग र समयको चेतलाइ गम्भिर ढङगले बुझ्नु पर्ने बताए । नेता शाहीले भने, ‘नेपाली कांग्रेसलाई बलियाे र सशक्त पार्टी बनाउन अब कांग्रेसमा संगठन निर्माणकाे अभियान प्रभावकारी रुपमा चलाउनु पर्छ । पार्टिमा अब ब्यक्ति होइन बिचार, पद होइन पद्दति, नेता होइन नीतिको मुल मर्म र आदर्शमा आधारित मुल्य मान्यताको राजनीति स्थापित हुन अति आवश्यक भइसकेको छ । नेपाली कांग्रेसलाई अब समयको गति सँग दौडिने जनताको मनमा बसिरहने गतिशील, कर्मशील र उर्जाशील पार्टी बनाउन सबै कांग्रेसीहरु एकताबद्ध भएर लाग्नु पर्छ।’

उनले भने, ‘जनताले नेकपाको बिकल्प खोजिसकेका बेला नेपाली कांग्रेस पनि पुरानै पाराबाट चलेर हुदैन । बिगतका कमि कमजोरीहरुलाई सुधार गरि अब नयाँ सोच, विचार, नयाँ उर्जा, कार्यक्रम र नयाँ भिजनका साथ अगाडि बढेर जनताको आशा, बिस्वास र भरोसाको पार्टी बनाउनु पर्छ ।

युवा पुस्ताका लाेकप्रिय नेता शाहीले बिगत लामो समय भातृसस्थाको केन्द्रीय मुख्य जिम्मेवारिमा बसेर धेरै समय काम गरिसकेकोले अब आफ्नो ध्यान पार्टिको मुल राजनीतिमा नै केन्द्रीत रहेको बताए । नेपाली कांग्रेसको तर्फबाट आफु दूइ दूइ पटक सांसदको उम्मेदवार भईसकेको नाताले पनि नेपाली कांग्रेसको सङगठनलाइ गाँउस्तरसम्म पुगेर वडा–वडा, टोल–टोलसम्म निर्माण र बिस्तार गर्नु आफ्नो कर्तव्य र जिम्मेवारि रहेको शाहीले बताए।

उनले भने, ‘म ६ कक्षा पढ्दै गर्दा राजनितिमा होमियको हुँ मलाई कुनै नीजि फाइदा र स्वार्थ छैन । जनताको सेवा, गाउको बिकास र समाजको परिबर्तन नै मेरो मुख्य उद्देश्य हो । म कुनै पदको लागि भन्दा पनि आगामी निर्बाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टि बनाउन कम्मर कसेर लाग्ने प्रण गर्दछु ।’ उनले अबको दिनमा भात्तृसस्थाको राजनीति भन्दा पनि पार्टीकै मुल राजनितिमा होमिने बताए ।

नेपाली कांग्रेसको आगामी महाधिवेशनमा कर्णाली प्रदेशको नागरिक हुनुको नाताले युवा नेता शाही नेपाली कांग्रेसको कर्णाली प्रदेस सभापति वा पिछडिएको क्षेत्रबाट केन्द्रीय सह–महामन्त्रीमा उठ्ने प्रबल सम्भाबना रहेको छ । उनले भने, ‘अहिले आफु जिल्ला तिर संगठनको काम र केहि सामाजिक काममा लागिपरेको छु। कांग्रेसका नेता कार्यकर्ता र शुभेच्छुकहरुसँग छलफल मै छु । आफुले सबै नेता कार्यकर्ता र साथीहरुको सर–सल्लाहबाट नै औपचारिक रुपमै उम्मेदवारी घोषणा गर्नेछु ।’


error: Content is protected !!