Loading... आजः १९ मंसिर २०७८, आईतवार

कालिकाेटमा कर्णालीकै पहिलो सरुवा रोग अस्पताल

कालिकोट-कर्णाली प्रदेशकै पहिलो सरुवा रोग अस्पताल कालिकोटमा संचालनमा ल्याइएको छ । सोमवार कर्णाली प्रदेशका नि वर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एक कार्यक्रमका बिच अस्पतालको उद्घाटन गरेका हुन ।
जिल्लाका ५ वटा सरकारी कार्यालयका लागी निर्माण गरिएको एकिकृत भवनमा कोभिड विषेश अस्पताल संचालन पछी कर्णाली प्रदेशले कालिकोटमा सरुवा रोग अस्पताल संचालनमा ल्याएको हो ।
कर्णालीकै पहिलो मु्ख्यमन्त्री महेन्द्रबहादुर शाहीको पहलमा स्वइकृत भएको अस्पतालको सोमबार शाहीले उद्घाटन गर्दै कालिकोट रोग,भोग अशिक्षा र अज्ञान्ताको भुमीबाट जन्मिएका कर्णाली बासीहरुका लागी कालिकोटमा सरुवा रोग अस्पताल संचालनमा आउनु निकै गौरवको विषय भएको बताए ।
भौगोलिक देखी हेरेक विषयमा कमजोर कालिकोटमा कर्णालीकै पहिलो सरुवा रोग अस्पताल संचालनमा आउनु कालिकोट मात्र होइन जुम्ला, मुगु, दैलेख वाजुरा जिल्ला वासीको लागी पनी सुखद रहेको बताए । संघियता वास्तविक कर्णाली वासिहरुको लागी आएको दावि गर्दै राज्यले दिने हरेक सेवा सुविधामा साविकको कर्णाली छु्ट्न नहुने उनको भनाइ छ ।
यस्तै उद्घाटन कार्यक्रमका विषेश अतिथि तथा राष्ट्रिय सभा सदस्य जिबन शाहादुर वुढाले साच्चै संघियता कालिकोट जस्तै विकट र राज्यको पहुँचमा नरहेका जिल्लालाई फापेको बताए । उनले भने, ‘कालिकोट विकासको लाइनमा परेको धेरै समय भएको छैन । संघियता पछी यहाँका नागरिकले विकास र राज्य हामिसंगै रहेको छ भन्ने महसुश गर्न पाएको बताए ।
कोभिड विषेश अस्पताल पछी जिल्ला सभाको निर्णय र अस्पतालको विषेश पहलमा प्रदेश सरकारले कर्णालीकै पहिलो सरुवारोग अस्पतालको मान्यता दिएको जनस्वास्थ्य अधिकृत कटक महतले बताए । उनले भने,’ ‘आफ्नो पटक पटकको पहल र जिल्लावासिको मागले गर्दा आज कर्णालीकै पहिलो सरुवा रोग अस्पताल संचालनमा ल्याउन सकेको महतले बताए ।
उनका अनुसार सरुवा रोग अस्पताल संचालनको मान्य दिएपनी आवश्यक जनशक्तिको आवश्यकता परिपुर्ती गर्न मुख्यमन्त्री संग आग्रह गरे । सरुवारोग अस्पतालमा वरिष्ट कन्सल्टेन्ट जनरल फिजिसियन देखी विषेज्ञ चिकित्स गरी ११ जना भन्दा बढी जनशक्ति आवश्यक परेको समेत महतले जानकारी गराए अरु चिकित्सक अस्पतालमा रहेको बताए ।
कर्णाली प्रदेश सरकारबाट १ करोड सहयोगमा अस्पताल स्थापना गरिएको कटक महतले बताए । उनका अनुसार अहिले सरोवा रोग अस्पतालमा २१ जना जनशक्तिको दरबन्दी रहेको छ । बरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन १ जना मेडिकल अधिकृत एक जना हाउस किपर सहायक १ जना फार्मेसी सहायक १ जना लगायत अन्य जनशक्ति गरि २१ जनाको दरबन्दी रहेको छ । कालीकोटमा स्थापना गरिएको सरुवा रोग अस्पताल तत्कालका लागि १५ शैर्याको हुने छ ।
स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वाथ्य सेवा व्यवस्थापक डा.रत्नविर सुनारको सभा अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका पहिलो तथा निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यता, राष्ट्रिय सभा सदस्य जिबन बहादुर वुढाको विषेश आतिथ्यता, जिल्ला समन्य समिती, जनप्रतिनिधि राजनितिक दलका प्रमुख तथा जिल्लाका सुरक्षा निकायका प्रमुख र सरोकारवालाहरुको सहभागितामा सरुवारोग अस्पतालको उद्घाटन गरिएको थियो ।
अहिले सो अस्पतालमा क्षयरोगको परिक्षण, कोभिड परिक्षण लगायतका रोगको सेवा प्रवाह गरिरहेको जनाइएको छ ।


error: Content is protected !!