Loading... आजः ४ बैशाख २०८१, मंगलवार

नेपाली काङ्ग्रेसका युवा नेता शाहीले कांग्रेस रुपान्तरणको प्रस्ताव सार्वजनिक

कालिकाेट-नेपाली काङ्ग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले काङ्ग्रेसको महाधिवेशनमा विचारको बहस नभएको भन्दै कांग्रेस रुपान्तरणको प्रस्ताव अघि सारेका छन्।

“गतिशील कांग्रेस, उर्जाशील नेतृत्व” भन्ने मुल नाराका साथ नेता शाहीले पार्टीलाई नयाँ उचाईमा लैजान पार्टी नेतृत्व गम्भीर नभएको बताए।

उनले भने, “यो महाधिवेशनमा नेताको मात्रै कुरा भयो। पदको लागि मात्रै कुरा भयो। विचार, नीत, मुद्दाको छलफल भएन, कांग्रेसलाई अग्रगती, गतिशील बनाउन, पार्टीलाई नयाँ उचाईमा पुर्याउन के गर्ने? भन्न्ने बारेमा कुनै छलफल भएन।”

गुटबन्दीको अन्त्य, नातावादकाे अन्त्य, योगदानका आधारमा कार्यकर्तालाई जिम्मेवारी, आर्थिक हैसियत र पहुँचका आधारमा नभएर इमानदार कार्यकर्तालाई स्थान दिनुपर्ने लगायतका विषयहरु नेता शाहीले अघि सारेका छन्।

नेता शाहीले कांग्रेसमा अवसरवादीहरुको संख्या वृद्धि भएको दाबी गरे। उनले समानुपातिक कोटामा नदोहोर्‍याउन, एक व्यक्ति, एक पदको अभ्यास गर्नुपर्ने, प्रशिक्षण चलाउनुपर्ने, कांग्रेस युवामैत्री बनाउने, राष्ट्रिय मुद्दामा गम्भीर बन्नुपर्ने, नेता र कार्यकर्ताबीचको दुरी बढेको, भ्रस्टाचार मुक्त नेपाल, सुशासन युक्त नेपालको अभियान चलाउनु पर्ने, भ्रातृसंगठनको बिधान अनुसार महाधिवेशन नभए सिधै नेतृत्व खारेज गर्ने ब्यवस्था गर्नुपर्ने लगायतका मुद्दाहरु अघि सारेका छन्।