Loading... आजः ८ बैशाख २०८१, शनिबार

समाजबादी पाटीकी वडा सदस्य सुनार काँग्रेसमा प्रबेश

कालिकाेट : जिल्लाकाे शुभकालिका गाउपालिका वडा नं ४ कि वडा सदस्य रिटु सुनार नेपाली काँग्रेसमा प्रबेश गरेकी छन् । २०७४ सालकाे स्थानिय निर्बाचनमा नेकपा एमालेबाट वडा सदस्य जितेकी सुनारले एमाले बिभाजन पछि नेकपा समाजबादी राेजेकी थिईन । कम्युनिष्टले दिने झुटा आश्वासन र उनीहरुकाे व्यवहार चित्त नबुझेकाले आफुले समाजबादी पाटी पनि परित्याग गरि नेपाली काँग्रेसमा प्रबेश गरेकाे बताईन । उनलाई नेपाली काँग्रेस कालिकाेटका उपसभापती नन्दबहादुर शाही(घमन)ले शुभकालिका गाउपालिका वडा नं ४ मा गएर नेपाली काँग्रेसमा प्रबेश गराएका हुन् ।
नव प्रबेशि वडा सदस्य सुनारले भनिन, तत्कालिन अबस्थामा नेकपा एमाले र नेकपा माओबादी केन्द्र बीच गर्नै नहुने एकता गरियाे । हामीलाई झुटा आशा र भ्रमकाे खेती गरियाे । जनताकाे पक्षमा काम गर्ने भनेर नेकपा नामकाे ठुलै पाटी बनाए । अहिले टाउकेहरुका स्वार्थ नमिल्दा तीन चिरा पारे । आफ्नाे कार्यकालमा जनताका पक्षमा भन्दा बढी भ्रष्ट्राचार, अनैतिक काण्डै काण्ड गरे । यसले हामीलाई जनताकाे पक्षमा काम गर्ने जनप्रिय पाटी नेपाली काँग्रेस राेज्न बाध्य बनायाे । कम्युनिष्ट भन्दा काँग्रेस नै ठिक लाग्याे ।
नेपाली काँग्रेस कालिकाेटका उपसभापती नन्दबहादुर शाही (घमन)ले जिल्लाका ग्रामिण समुदायहरुमा स्थानिय सरकार र प्रदेश सरकारका प्रतिनिधिहरुकाे गलत कामका कारण आम नागरिकहरु काँग्रेसमा उर्लिन थालेकाे बताए । उनले भने, गाँउमा माओबादी, समाजबादी र एमाले नामका कमाउनिष्टका सरकार छन् । भ्रष्ट्राचार, अनैतिक काम बाहेक अरु जान्दैनन । भ्रमकाे खेती गर्छन, झुटा सपना बाड्छन । यसले नागरिकहरुमा निराशा छाएकाे छ । उनले आगामी निर्बाचनहरुमा जनताले बिबेक प्रयाेग गरि काँग्रेसलाई नै मतदान गर्ने दाबी गरे । सत्तामा हुदा गरेकाे ज्याजतिकाे बिरुद्वमा व्यापक जनमत बन्दै गएकाे उनकाे भनाई थियाे ।