नेपाली काँग्रेस डोल्पा जिल्ला कार्यसमितिको सभापतिमा शाही निर्वाचित
कालिकाेट- नेपाली काँग्रेस डोल्पा जिल्ला कार्यसमितिको सभापतिमा दिपेन्द्र बहादुर शाही निर्वाचित भएका छन् । शाही संस्थापन पक्ष (देउवा समुह)का हुन् ।
सभापतिमा निर्वाचित शाहीले २ सय ३७ मत प्राप्त गरि विजय भएका हुन् ।
सभापतिमा चार जनाले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये अंगद कुमार बुढाले १५८, गौरीशंकर उपाध्याय २३ र दुध कुमारी हमालले ११ मत प्राप्त गरेका छन् ।
जिल्ला कार्यसमितिको उपसभापतिमा पूर्ण बहादुर शाहीले २४४, र लव कुमार शाहीले २१०, सचिवमा दशरथ रोकायाले २५०, हिक्मत बहादुर शाहीले २४० मत प्राप्त गरि विजय भएका छन् ।
यस्तै, सहसचिवमा सुरेन्द्र प्रसाद महतले २६०, र लक्ष्मण कुमार शाहीले २३१, विजय भएका छन् भने जिल्ला कार्यसमिति सदस्यमा लक्ष्मि सार्कीले २०१, जलसरी बुढा (निर्विरोध), नरेन्द्र बुढाले २०८, लाल कुमारी थापाले १९५, आईतुरुपा रोकायाले २०६, तेजेन्द्र बहादुर रोकायाले २५०, श्री नारायण कार्कीले १८०, भैर बहादुर शाहीले २४१ र धन बहादुर रावतले २३९ मत प्राप्त गरि विजय भएका छन् ।
ई-कर्णाली खबर
८ मंसिर २०७८, बुधबार ०६:३०