Loading... आजः १९ मंसिर २०७८, आईतवार

जिल्ला स्वास्थ्य कार्यालय कालिकोट बिच जिल्ला स्तरीय समन्वय बैठक सम्पन्न

कालिकोट – किर्डाक नेपाल र जिल्ला स्वास्थ्य कार्यालय कालिकोट बिच जिल्ला स्तरीय समन्वय बैठक सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका निमित्त स्वास्थ्य सेवा ब्यबस्थापक डा: रत्नबिर सुनारकाे अध्यक्षता, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य काे प्रमुख आतिथ्यतामा उक्त जिल्ला स्तरीय समन्वय बैठक सम्पन्न भएको हाे । सम्पन्न कार्यक्रममा प्रहरी नायब उपरीक्षक सिद्वराज न्याैपाने, शसस्त्र प्रहरी बल आश्रित गुल्मका गुल्मपति रामबाबुपालि बाेगटि,नेपाल पत्रकार महाँसंघ कालिकोटका अध्यक्ष भरतराज बिष्ट लगाएत अन्य पत्रकार कालिबहादुर मल्ल, बिष्नु न्याैपाने, बिस्वनाथ सिमखाडा,र जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका स्वास्थ्यकर्मी हरुकाे सहभागिता रहेकाे थियो । कार्यक्रममा बाेल्दै किर्डाक नेपालका जिल्ला संयाेजक तुलाराम पाण्डेले कार्यक्रमका बारे प्रष्ट पार्नु भएकाे थियाे । पलान नेपालकाे आर्थिक सहयोगमा जिल्लाका ३ वटा पालिकामा कार्यक्रम सञ्चालन हुने बताईएकाे छ । जिल्लाका नरहरि नाथ, सान्नित्रीबेणि र राष्काेट नगरपालिकामा काेभिड १९ र खाेपका बिषयमा सचेतना जगाउने र खाेपकाे महत्वका बारे मानिसहरूलाई जानकारी दिने, खाेपहरु सँग सम्वन्धित पाैराणिक साेचहरु र गलत धाराणाहरुलाई हटाउने जनाईएकाे छ । कार्यक्रमको सञ्चालन जिल्ला जनस्वास्थ्य अधिकृत कटक महतले गर्नु भएकाे थियो ।


error: Content is protected !!