Loading... आजः १४ माघ २०७८, शुक्रबार

मिनिट्रक दुर्घटना एक को घटना स्थलमै मूत्यु ,एक गम्भीर घाइते

जिल्लाको नरहरिनाथ गाउँपालिकाको वडा नं १ स्थित कोटवाडाको निलाखामा मिनि ट्रक पल्टिदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन । घाइते हुनेमा गाडि साहु नेत्र विष्ट रहेका छन । लालिघाट बजार देखि सुनथराली विमानस्थलतर्फ जाँदै गरेको बा ५ ख ८६४३ नम्बरको मिनि ट्रक सोमवार बिहान ७ बजेर ४५ मिनेटमा पल्टिएको हो । दुर्घटनामा परि मृत्यु हुने नरहरिनाथ गाउँपालिकाको वडा नं १ स्थायी घर भएका ५९ बर्षिया जय बहादुर बिस्ट रहेका छन । मृतक जय विष्ट ट्रकको पछाडी रहेका थिए । गाडी चालक र सहचालक सामान्य घाईते भएका छन ।

विमानस्थल निर्माणको सिमेन्ट र खाद्यान्न लगायतको समान बोकेको ट्रक साँघुरो सडक भएका कारण दर्घटना भएको स्थानिय प्रेम विष्टले जानकारी दिएका छन । ट्रक सडकबाट करीव ५० मिटर तल खसेको इलाका प्रहरी कार्यालय कुमालगाउँले जनाएको छ । घाइते विष्टको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।


error: Content is protected !!