Loading... आजः १४ माघ २०७८, शुक्रबार

दैलेखकाे पाल्ते खाेलामा पुल सिलान्यास

दैलेख : गुराँश गाउपालिकाकाे वडा नं ६ र ८ जाेड्ने पाल्ते खाेलामा झुलुङगे पुल सिलान्या गरिएकाे छ । गुराँश गाउपालिका अध्यक्ष खेमराज ओलीले उक्त पुलकाे सिलान्यास गरेका हुन् ।
गाउपालिकाकाे चालू आर्थिक बर्षकाे बजेटबाट निर्माण गर्न लागिएकाे उक्त झुलुङगे पुलले दैलेख गुराश गाउपालिकाकाे वडा नं ६, ७ र ८ का स्थानिय नागरिकहरुले लाभ लिनेछन् । पुलकाे सिलान्यास गर्दै गाउपालिका अध्यक्ष खेमराज ओलीले गुराश गाउपालिका वडा नं ६,७ र ८ का स्थानिय नागरिकहरुकाे माग अनुसार पाल्ते खाेलामा झुलुङगे पुल निर्माण गर्न लागिएकाे बताए । उनले भने, पाल्ते खाेलामा पुल नहुदा बर्षायाममा स्थानिय नागरिकलाई आवतजावत गर्न समस्या हुन्थ्याे । अब त्याे समस्याकाे समाधान हुने भयाे ।
नेपाली काँग्रेस दैलेखका सचिव समेत रहेका युवा नेता ओलीले गुराशमा नागरिकमैत्री विकास र सामाजिक परिवर्तनका सवालहरुलाई मुख्य प्राथमिक्ता दिएकाे बताए । उनले थपे, हामी जनताका सेवक जनप्रतिनिधि हाैँ । हामीले गर्ने काम र याेजना नागरिकका आबश्यक्ता केन्द्रित हुनु पर्छ ।


error: Content is protected !!