सान्नी त्रिवेणीमा सुशासनमा नागरिक सहभागीताका लागि तालिम सुरु
कालिकोट -सुशासनमा नागरिक सहभागीता कार्यक्रम महिला जनजाति तथा दलित जनप्रतिनिधिहरुको नेतृत्व विकास तालिम आज सान्नि त्रिवेणी गाउँपालिकामा सुरु भएको छ।
युरोपियन युनियन, सहकर्मी समाज, दलित विकास समाज, दलित महिला केन्द्र नेपाल आइएम स्विडिस डिभलपमेन्ट पार्टनर तेर दे जोमको सहकार्यमा चाँर दिने तालिम सुरु भएको हो।
सुशासन नागरिक सहभागीता कार्यक्रम चार बर्षीय परियोजना रहेको र अहिले तेस्रो बर्षमा नेतृत्व विकास तालिमको सुुरुवात गरेको र महिला जनप्रतिनिधि दलित जनजाति तथा जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम दिन कार्यक्रमको आयोजना गरिएको दलित महिला केन्द्र नेपाल संस्थाकी कार्यक्रम अधिकृत सरिता गहतराजले बताईन ।
उन्ले भनिन, यो परियोजनाले बिशेष गरि महिला जनप्रतिनिधि हरुसँग र गाउँपालिका अध्यक्ष उपाध्यक्ष संग सहकार्य गरि राजनैतिक आर्थिक र स्वास्थ शिक्षामा काम गर्दै आएकाे छ।
परियाेजनाले स्थानीय सरकार, संघिय सरकार र प्रदेश सरकारसँग समन्वय गरि काम गर्दै आइरहेको कार्यक्रम अधिकृत गहतराजले बताईन ।
उनका अनुसार, दुई दिनको तालिममा जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धि तालिम दिइने र तेस्रो दिन स्थानीय तहमा समावेशी बजेट केहो र कसरी बनाउने भन्ने बिषय तथा लैङ्गकि उत्तरदायी बजेट कसरी बनाउन सकिन्छ भन्ने बिषयमा तालिम दिइने र अन्तिम चोैथोै दिन जनप्रतिनिधिले कसरी निर्देशिका निर्माण गर्न सकिन्छ भन्ने बिषयमा तालिम दिइने दलित महिला केन्द्र नेपाल संस्थाकी कार्यक्रम अधिकृत सरिता गहतराजले जानकारी दिईन् ।
पहिलो दिनको तालिममा गाउँपालिका स्थित महिला दलित जनप्रतिनिधि पत्रकार र वडा अध्यक्षको समेत सहभागीता रहेको थियो। तालिममा प्रशिक्षणका लागि भूतपूर्व राष्ट्रिय योजना आयोगका सदस्य तथा म्यानेजिङ्ग डाइरेक्टर राजबहादुर गिरिले गर्नु बताए ।
ई-कर्णाली खबर
२४ मंसिर २०७८, शुक्रबार १२:२६