Loading... आजः १३ बैशाख २०८१, बिहीबार

रास्काेटकाे शान्तिघाट- आरसिपी बजारसम्म सडक कालाेपत्रे गर्न शिलान्यास

कालिकोट – कालिकाेट जिल्लाको रास्कोट नगरपालिका ७ शान्तिघाट देखी नगरपालिकाको कार्यालय आर.सिपी बजार सम्मको १२ किलो मिटर ग्रामिण सडक कालोपत्रे हुने भएको छ । कर्णाली प्रदेश सरकारको करिब २९ करोड लागतमा कर्णाली करिडोरको शान्तिघाट देखी नगरपालिका सम्मको १२ किलो मिटर सडकमा कालोपत्रेका लागी आइतबार नगरपालिका उपप्रमुख र वडा नम्बर ६ का वडाध्यक्ष टक्कबहादुर फर्सालले शिलान्यास गरेका हुन् ।

ग्रामिण विकास कार्यक्रमले शान्तिघाट देखी सेराचौर सम्म सडक निर्माण गरेको थियो । वातावरणिय मुल्यांकन अनुसारनै सडक निर्माण गरेको थियो । ५ वर्ष पछी कालिकोटमै पहिलो पटक ग्रामिण रोडमा कालोपत्रे गर्न लागिएको हो ।

ग्रामिण सडकाे कालाेपत्रे गर्न डेढ वर्षकाे सम्झौता अनुसार काम तिव्र गतिमा सम्पन्न गर्नुपर्ने छ ।