Loading... आजः १२ बैशाख २०८१, बुधबार

स्वास्थ्य सेवा प्रवाहमाअब्वल बन्दै स्वास्थ्य सेवा कार्यालय

कालिकोट — विगतका दिनहरु भन्दा अहिले स्वास्थ्य सेवा कार्यालयबाट प्रवाह हुने स्वास्थ्य सेवामा अब्वल रहेकाे छ । अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयको आर्थिक वर्ष २०७७\७८ मा भए गरेका प्रगती तथा चुनौतिका बारेमा पनी समिक्षा गर्दै अस्पताल व्यवस्थित, र सुधारात्मक बनाएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएकाे हाे ।

नि.स्वास्थ्य सेवा व्यवस्थापक डा.रत्नविर सुनारको सभा अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा डाक्टर किरन शाही, जनस्वाथ्य अधिकृत कटक महत, शुचना अधिकारी गौरा कुमारी घर्ती मगर र लेखा अधिकृत मुनबहादुर रावलले पनी लेखा शाखाका गतिविधीहरुका वारेमा पनी प्रस्ट पारेका थिए । स्वास्थ्य सेवा कार्यालय पहिलाका तुलनामा सेवामा पहुँच बढाएको जनाइएको छ । कोभिडको पहिलो लहरदेखी तेस्रो लहरसम्म ९ वटै स्थानिय तहसम्म सेवा प्रभावकारी रुपपमा दिएको जानकारी समेत गराइएको थियो ।


कोभिडपछी स्वास्थ्य सेवा कार्यालयमा अक्सीजन प्लान्ट स्थापना देखी टिभी रोगको परिक्षण, कोभिड विषेश अस्पताल स्थापना,४ किलोवाट शौर्यवत्ती जडान स्वास्थ्य सेवामा पंहुँच लगायतका उपलव्धि गरेको जानकारी गराएको छ । साथै ९ वटै स्थानिय तहहरुभन्दा खाँडाचक्र नगरपालिका कार्यसम्पादनमा पहिलो रहेको समेत जानकारी गराइएको थियो । पहिलो चरणदेखि हालसम्म र गत २४ घण्टासम्म २ हजार ४ सय ४१ जनामा कोरोना संक्रमण देखिएको बताईन् ।


पहिलो चरणदेखि गत २४ घण्टासम्म २ हजार २ सय ३० जना निको भएर घर गएका छन् । कालिकोटमा कोभिडका कारण हालसम्म ७ जनाको मुत्यु भएको छ । अहिले तेस्रो चरणमा कालिकोटमा एक सय बढि संक्र्मित रहेको समेत जानकारी गराइएको थियो ।

अस्पताल व्यवस्थापन समिति विहिन


संगै लामो समय भइसक्दा अस्पताल व्यवस्थापन समिति विहिन रहेकाले अन्य सेवा संचालन र पहल कदमीमा कमी देखिएको समेत जानकारी गराइएको थियो । अस्पताल व्यवस्थापन समिति विहिन हुदा विभिन्न कामकाज देखी कार्यालयको व्यवस्थापनमा समस्या देखा परेको अस्पतालका प्रमुख डा. रत्नविर सुनारले बताए ।अस्पतालमा जिँण सवारी साधन देखी सेवा ५० शैयाको अस्पतालको भयन निर्माण सम्पन्न नहुदा सम्मव्लड वैंक अभाव सेवा दिन कोठाको अभाव रहेको समेत जानकारी गराइएको थियो ।

कालिकोटमा भेटिए कालाजारका ४३ जना बिरामी

साथै कार्यक्रममा कालिकोटमा ४३ जनामा कालाजारका बिरामी भेटिएको समेत जनाएको छ । जिल्लाको पलाँता गाउँपालिका र पचालझरना गाउँपालिकामा सवै भन्दा बढि कालाजारका बिरामी देखा परेको जनाइएको हो ।

यो कर्णाली प्रदेशकै रुपमा बढि बिरामी देखा परेको अस्पतालले जनाएको छ । ४३ जनै बिरामीले उपचार पाइरहेको तर, यसको रोकथाम र नियन्त्रणका लागी पहल गर्न सन्देश दिनु पर्ने जनाइएको थियो । कार्यक्रमको आयोजना स्वास्थ्य सेवा कार्यालय र संचालन हेमराज बमले गरेका थिए ।