Loading... आजः ५ जेष्ठ २०८१, शनिबार

कालिकोट कोरोनामुक्त बन्यो

कालिकोट । कालिकोट कोरोना संक्रमित मुक्त जिल्ला बनेको छ । जिल्लाका बिभिन्न स्थानिय तहमा बनाईएका आईसोलेसनमा भर्ना भएका सक्रिय संक्रमितहरु सबै उपचार पछि निको भएर घर फर्किएपछि जिल्ला कोरोनामुक्त बनेको हो ।
जिल्लामा कोरोना पुष्टि भएका सबै संक्रमितहरु निको भएर घर फर्किएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटकबहादुर महतले जानकारी दिए । जिल्लामा कोरोना पुष्टि भएका १ सय जनामा सबै निको भएर घर फर्किपछि कालिकोट कोरोना मुत्तक्र जिल्ला भएको उनले बताए । उनका अनुसार पछिल्लो समय जिल्लाको तिलागुफा नगरपालिकामा स्वाब नमुना संकलन गरिएको ३५ जनाको पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाभरीका आईसोलेसन सबै खोली भएका छन् । जिल्ला सदरमुकाम मान्ममा व्यवस्थापन गरिएको कोरोना बिशेष अस्पतालमा बिहिबारदेखी सेवा पनि सुरुवात भएको छ ।
शुभकालिका गाउपालिका वडा नं २ हेरापानी क्वारेन्टाइनमा बसेका २७ जना मध्य २० जनाको पनि पिसिआर नेगेटीभ आएको छ । जिल्लामा यस अवधिमा जम्मा ५ हजार ६ सय ९० जनाको पिसिआर जाँच गरिएको थियो । २ हजार ८ सय २८ जनाको आरडिटी जाँच गरिएको थियो । स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी महतले भने, ‘कालिकोटमा फेला परेका कोरोना संक्रमित कोही कसैमा पनि कोरोनाको लक्षण नदेखिएर निको भएर घर फर्किए । अझै पनि संका लागेका, बिदेशबाट आउने व्यक्तिहरुको पिसिआर जाँच अनिर्बाय गर्ने तयारी छ ।’
कालिकोटका प्रमूख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले यहाँका सबै सरोकारवालाहरुको सक्रियताका कारण कोरोना मुक्त जिल्ला बनेको बताए । उनले यस अवधिमा निकै जोखिम मोलेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, नागरिक समाज, सहयोगी निकायहरुलाई धन्यबाद दिए । सरकारले लकडाउनलाई सामान्य अवस्थामा ल्याएपनि कोरोना संक्रमणको जोखिम अझै नहटेकाले सबैलाई सतर्क भएर काम गर्न आग्रह पनि गरे । उनले भने, ‘हाम्रो जिल्लामा कोरोनाका संक्रमित छैनन् । फेला परेका सबै निको भएर घर फर्किसके । तर पनि चार्डपर्वका बेला मानिसहरुको भीड हुने, बिदेशबाट घर फर्किने भएकाले यसमा सबै सचेत हुनुपर्छ ।’ बिदेशबाट फर्किनेहरुलाई अनिबार्य रुपमा क्वारेन्टाईनको व्यवस्था मिलाईएको उनले बताए ।