Loading... आजः ८ बैशाख २०८१, शनिबार

अब्बल निर्देशकको रुपमा रहेका सुवेदिकाे नयाँ ‘सितर यी मौसम’ बोलको थारु गीत सार्वजनिक

कोहलपुर – मोफसलमा बसेर नेपाली सांगीतिक क्षेत्रमा एक अब्बल निर्देशकको रुपमा आफुलाई स्थापित गर्न सफल निर्देशक हुन नवराज सुवेदी । मोफसलमा रहेर दर्जनौं हिट गितको म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक सुवेदीले पछिल्लो सयमा निर्देशन गरेको अर्को नयाँ ‘सितर यी मौसम’ बोलको थारु गीतको भिडियो निर्देशन गरेका छन ।

सो म्युजिक भिडियो शुक्रबार एक कार्यक्रमका विच सार्वजनिक गरेका निर्देशक सुवेदिले यो गीतले आफुलाई थप उचाइमा पुर्याउन मद्दत गर्ने बताए ।
बाँकेको पर्यटकिय स्थल ढकेरीमा छायांकन गरिएको छ । भने गीतमा भुवन वडुको स्वर रहेको छ । वहादुर वैरागी र मनिराम थारुको संगीत रहेको उच्च गीतमा बहादुर वैरागी र रवी रतगैयाको शब्द रहेको छ । नेपालगंजका मै जन्मी केन्द मा आफनो छुट्टै पहिचान बनाई , बाँकेमा केही गर्छु भने हेतुले बाके का चर्चित कलाकार, नायक थुप्रै म्यूजिक भिडियो मा र ठूलो पर्दा को मुभि खेली सक्नु भएको ,र कुशल संचारकर्मी कृष्ण राज अधिकारी संगै यस क्षेत्रकै नायिकाको रुपमा देखा परेकी मौसमी राना मगरको मुख्य अभिनय रहेको छ भने यस गीतमा माया प्रेमको कुराहरुलाई प्रस्तुत गरिएको छ ।

अब्बल निर्देशक नवराज सुवेदी