Loading... आजः ४ जेष्ठ २०८१, शुक्रबार

कालिकोटमा ८३ हजार मतदाता पुगे

कालिकोट — कालिकोट जिल्लामा ८३ हजार ७६ जना मतदाता पुगेका छन ।जिल्ला निर्वाचन कार्यालय कालिकोटका अनुसार पुरानो र अहिले पछिल्लो समय गरी जम्मा ८३ हजार ७६ जना मतदाता पुगेको कार्यालयले जनाएको छ ।
जिल्लाका ९ वटै स्थानिय तहहरु मध्य सवैभन्दा बढि नरहरीनाथ गाउँपालिका र सवैभन्दा कम महावै गाउँपालिकामा रहेका छन । नरहरीनाथ गाउँपालिकामा १२ हजार ८ सय १७ र महावै गाउँपालिकामा ५ हजार ५ सय ४८ जना मतदाता रहेका छन ।
यस्तै खाँडाचक्र नगरपालिकामा ११ हजार ५ सय ४७, रास्कोट नगरपालिकामा दश हजार ५ सय ३६, तिलागुफा नगरपालिकामा दश हजार २६, पलाँता गाउँपालिकामा ८ हजार १ सय ७७, पचालझरना गाउँपालिकामा ७ हजार पाँच सय ४, शान्नि त्रिवेणी गाउँपालिकामा ७ हजार एक सय ९३ जना मतदाता रहेको संख्या निर्वाचन आयोगमा पठाएको निर्वाचन अधिकारी धनबहादुर मल्लले जानकारी दिएका छन ।
४३ हजार एक सय ३८ पुरुष र ३९ हजार ९ सय ३८ माहिलाको संख्या रहेका छन । २०७४ सालको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको बेला कालिकोटमा ६४ हजार ९ सय ६१ मतदाता रहेको कालिकोटमा पाँच वर्षपछी थपिएर ८३ हजार ७६ पुगेको छ ।
२०७४ सालको निर्वाचन पछीक १८ हजार एक सय १५ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका शुचना अधिकारी लक्ष्मणबहादुर शाहीले जानकारी दिएका छन । शुचना अधिकारी शाहिका अनुसार ९ वटै स्थानिय तह र जिल्ला निर्वाचन कार्यालय गरी जम्मा नयाँ १८ हजार एक सय १५ जना थपिएका छन ।
वाहिर जिल्लाका कालिकोटमा एक सय ७१ जनाको मतदाता पनी बनाएका छौँ , तर, उनिहरु आफ्नै जिल्लामा मत हाल्न पाउने छन ।
शुचना अधिकारी शाहीका अनुसार यो विवरण आयोगमा पठाएका छौँ, अव दोहोरिएमा केही संसोधन भएर यही १३ गते जिल्लामा आउछ । हामिले पालिकामा पठाउछौँ ।