Loading... आजः १३ बैशाख २०८१, बिहीबार
कालिकोटमा गार्मेन्ट उद्योग ९ जनालाई रोजगारी

सरकारले देख्न नसकेको कालिकोटकी बसन्तीको गार्मेन्ट उद्योग

कालिकाेट — उमेरले २९ वर्ष मात्र पुगिन तिलागुफा नगरपालिका ६ निवासी बसन्ती शाही । अहिले उनी झन्डै आधा करोडको लगानीमा कपडा गार्मेन्ट उद्योगी संचालन गरी उद्योगी बनेकी छन ।

उद्योगी शाहीको कुनै व्यापार व्यवसाय र जागिर पनी थिएन । सामान्य परिवारमा हुर्केकी शाहीले आफ्नो गाउँले बाट ब्याजे पैसा ल्याएर कपडा सिलाउने र बुन्ने मेशिन खरिद गरिन ।
आफु जस्तै बेरोजगार तथा सिप सिक्न चाहने बेरोजगार युवा युवतीलाई उद्योगमा सिकाउने र रोजगारी दिने उदेश्यले अहिले आफुले ५ प्रतिशत रिणमा उद्योग संचालन गरेको बताएकी छन । झन्डै आधा करोड रुपैयाँको लागानीमा उद्योग संचालन गरेकी शाहीले आफ्नो दुख सुनाउदै भनिनन् ।

अहिले खाँडाचक्र नगरपालिकाले ५ जना अपाङ्ग र फरक क्षमता भएकाहरु लाई सिप सिकाउन पठाउने भएको छ । सिप सिकेसकेपछी उनिहरुलाई यसै उद्योगमा रोजगार दिने बताइन । अहिले एक जना अपाङ्ग र ८ जनाले रोजगार पाइरहेका छन ।
गाउँमा रोजगार नपाएर कती त विदेश मा पसिना बगाएर पैसा कमाउनु परेको छ । यस्तै दुख र पिडालाई देख्दा मैले म जस्तै बेरोजगार हरुलाई रोजगार दिने उदेश्यले उद्योग संचालन गरेकी हुँ ।

गार्मेन्ट उद्योगका बारेमा आफुलाई कुनै जानकारी थियो न सिपनै थियो। उद्योग संचालन गरिसके पछीनै आफुले सिप सिकेको हुँ ।

शाहीले भनिन् मनमा इछ्छा,चाहाना र मेहनत हुनु पर्दो रहेछ । अहिले कसैको भरमा पर्नु परेको छैन ।

अहिले आफ्नो उद्योगबाट स्कुल ड्रेस,रेडिमेड आइटम, र व्याग र टिसर्टमा लोगो समेत राख्ने गरेका छौँ। लगानी गरेकी छु प्रतिफल पाइन्छकी पाइदैन अहिले सम्म आम्दानी छैन । स्थानिय तह र संघ संस्थाहरुले माग गरेमा उद्योग राम्रो चल्ने देखिन्छ ।

तर स्थानिय तह र विद्यालयहरुले अझैपनी वाहिरको उत्पादित वस्तुहरु खरिद गर्ने गरेका छन । स्थानियमै उत्पादन गरेको वस्तुको माग हुन सकेको छैन । यसको लागी स्थानिय सरकारले स्थानिय स्थरकै वस्तु र स्थनियलाई पहिलो प्रथामिकता दिनु पर्ने हो । अहिले सम्म दिन सकेका छैनन्।

अहिले सम्म मेशिनहरु खरिद गर्दा होस वा संचालन हुदा समेत स्थानिय सरकारले अनुदान दिएको छैन । स्थानिय उद्योगलाई प्रथामिकता दिनस पर्ने ठाउँमा अहिले सम्म सुनुवाइ छैन ।
हुनत सरकारको अनुदानको आसले यति ठुलो लगानीमा उद्योग संचालन गरेकी त हैन , तर, पनी स्थानिय उत्पादित बेरोजगार लाई रोजगार दिनु पर्ने हो । दिएका छैनन् आफ्नै लगानीमा उद्योग खोलिकी हुँ ।

अहिले यो उद्योग खाँडाचक्र नगरपालिका वडा नम्बर १ को सदरमुकाम मान्मको नेकपा एमालेको पार्टी कार्यालयको तिन तले फलाइटमा रहेको छ । जसको नाम चन्द्रप्रकाश गार्मेन्ट उद्योग रहेको छ ।

स्थानिय उत्पादन र स्थानिय उद्योगहरुले अनुदान पाउन नसकेको उद्योगी तथा च्याम्मरअफ कर्मशका अध्यक्ष हस्तबहादुर बमले बताए । उनले भने,‘ बिना अनुदानमा यसरी गार्मेन्ट उद्योग संचालन गर्नु कालिकोट वासीहरुका लागी उदारणिय कार्य रहेको बताए ।

यस्ता उद्योग र उद्योगीलाई सरकारले केही अनुदान र हौसला र उत्पादित वस्तुको माग गर्नु पर्ने बताए । तर, कालिकोटमा कुनै सानो वस्तुको पनी जिल्ला वाहिर गएर खरिदगरी कमिशन माग्ने प्रवृतिले गर्दा स्थानिय उत्पादन र स्थानिय उद्योगहरु संकटमा परेको बताए ।