Loading... आजः ४ जेष्ठ २०८१, शुक्रबार

स्थानिय निर्वाचनको मिति तोकेपछी राजनिती दल गाउँ छिर्दै

गाउँ गाउँमा कार्यकर्ता तानातान

कालिकोट — स्थानिय तहको निर्वाचनको मिति तोकेपछी गाउँ घर छाडेर विभिन्न सहर तथा बजारमा बसिरहेका विभिन्न राजनिति दलका नेता तथा कार्यकर्ताहरु गाउँ गाउँमा पसेका छन् ।
विषेश गरी प्रमुख ३ वटा ठुला दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र अन्य साना दलहरु नेकपा एककिकृत समाजवादी, राप्रपा, नेपाल मजदुर किसान पार्टी लगायतका दलहरु गाउँ पसेका छन् ।
आफ्नो विभिन्न चुनावी प्रतिवद्धता सुनाएर २०७४ सालको पहिलो स्थानिय तहको निर्वाचनमा निर्वाचित भएका स्थानिय तहका जनप्रतिनिधिहरु गएका ५ वर्ष पछी फेरीपनि आफ्नो चुनावी नारा र आ–आफ्नो पार्टीमा कार्यकर्ताहरुलाई तानातान गर्न थालेका छन् ।
विषेश गरी अहिले गाउँमा विभिन्न लोभ तथा प्रलोभनमा पारेर कार्यकर्ताहरुलाई आ–आफ्नो पार्टी तिर प्रवेश गराउन निकै व्यस्त देखिएका छन् । धेरैजसो कार्यकर्ताहरु एक पार्टीबाट अर्को पार्टीमा टिका लागाएर प्रवेश हुने, फेरी अर्को दिन अर्को पार्टीको घरदैलो कार्यक्रम आएपछी फेरी पार्टी त्याग गरेर दिन दिनै पार्टी छोड्ने र फर्किने गरेका छन् ।
कालिकोटमा सवैभन्दा ठुलो पार्टी ९ वटा स्थानिय तह मध्य ५ वटा स्थानिय तह जितेर पनी प्रदेश र संघिय सरकारको सत्तामा रहेको नेकपा माओवादी केन्द्र, र समाजवादी पार्टीले विभिन्न योजना तथा पदको प्रलोभनमा पारेर कार्यकर्ता प्रवेश गराउने होड्वाजी चलेको देखिन्छ ।
अहिले सिंगै प्रतिपक्षमा रहेको नेकपा एमालेले आफुतिर कार्यकर्ता तानिरहेको छ भने, समाजवादीले पनी नेकपा एमालेबाटै कार्यकर्ता तानिरहेका छन् । विषेश गरी नेकपा एमाले र समाजवादी पार्टीबिचमा कार्यकता तानातान भइरहेको देखिन्छ ।

यस्तै अन्य दलहरुभन्दा तुलानात्मक रुपमा बलियो रहेको नेकपा माओवादी केन्द्र र एमालेबाट फुटेर गएको नेकपा एकिकृत समाजवादीको चुनावी एकता हुने चर्चा चल्न थालेपछी नेकपा एमाले र नेपाली कांग्रेस पनी उम्मेदवार र मतदाताको आन्तरिक जोड घटाउमा लागेको छ ।
एकता गर्दा कुन पालिकामा कती मतदाता र कुुुुुुुुुुुुुुुुुुुन उम्मेदवार आउदा जित्न सकिन्छ भनेर बहस चलाउन सुरु गरेका छन । यस्तै अर्को थरिबाट अहिलेकै पाँच दलिय गठबन्धन स्थानिय तहको चुनावमा गएपछीको अवस्थामा पनी एक किसिमको आंकलन सुरु गरिएको छ ।
अन्तत माओवादी केन्द्र र समाजवादीको चुनावी एकता र नेकपा एमाले र नेपाली कांग्रेश बिचको एकताले कालिकोटमा बलियो देखिएको माओवादी बमजोर हुने देखिन्छ ।
२०७४ सालको स्थानिय तहको निर्वाचनमा पहिलो भएको माओवादी केन्द्र र दोस्रो मा रहेको नेकपा एमाले र तेस्रोमा नेपाली कांग्रेस छन । केही मतले पराजय भएको नेपाली कांग्रेश र दोस्रो रहेको एमालेको चुनावी तालमेलले माओवादी लगायत अन्य दलहरु रितिने देखिन्छ ।
यदी कसैसंग चुनावी तालमेल नभएमा सिंगल सिंगल लडेमा माओवादी केन्द्र, एमाले, नेपाली कांग्रेशको कडा प्रतिस्पर्दा हुने देखिन्छ ।

५ वर्षसम्म नेताका आश्वासन पाएका जन्ताहरु अहिले सही सफल र जनहितका लागी काम गर्ने जनप्रतिनिधि ल्याउनु पर्नेमा जुटेका छन् ।
अहिलेका जनप्रतिनिधि ५ वर्षे कार्यकालमा अवैध सम्पती कमाएको जता ततै भ्रष्टचार र वेथिती भएपछी राजनीती पेषा कमाइखाने पेषाजस्तो देखिन पुगेको छ ।